हङकङ आइपुगे मेस्सी (भिडिओ)

हङकङ आइपुगे मेस्सी (भिडिओ)

हातमा पेय पदार्थ बोकेका मेस्सी रातो झोला र रातै सुटकेस लिएर विमानबाट निस्किएका थिए (एससीएमपी)


नेपालखबर
माघ १९, २०८० शुक्रबार १५:५७, हङकङ

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र उनी आबद्ध क्लब इन्टर मियामीको टोली शुक्रबार हङकङ आइपुगेको छ।

स्थानीय समय दिउँसो साढे दुई बजे निजी जेटबाट उनीहरू हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

तीन दिनको लागि हङकङ आइपुगेको मेस्सीको टिम ओशन पार्कमा रहेको होटलमा बस्नेछ।

इन्टरमियामीले आइतबार हङकङ स्टेडियममा मैत्रीपूर्ण खेल खेल्नेछ। यो खेलको टिकट डेढ महिनाअघि नै सबै बिक्री भइसकेको छ।

शुक्रबार हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा मेस्सी दुईवटा पेयको बोतल र रातो झोला तथा रातै सुटकेस लिएर विमानबाट बाहिर निस्किएका थिए।

दिउँसो २ बजेको लागि तय गरिएको स्वागत समारोहलाई साउदी अरबको रियाद विमानस्थलमा ढिलो भएका कारण आगमनको समय मिलाएर एक घण्टा पछाडि धकेलिएको थियो।

मेस्सीको क्लब इन्टरमियामी बिहीबार रियादमा भएको खेलमा अल नासरसँग ६-० को फराकिलो अंकले पराजित भएको थियो।

उक्त खेलमा चोटका कारण मेस्सी सात मिनेट मात्र मैदानमा उत्रिएका थिए।

यस खेलमा मेस्सीले आफ्नो पुराना प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्ने अपेक्षा गरिएको थियो तर चोटका कारण उनी खेल्न सकेनन्।

शुक्रबार दिउँसो हङकङ आइपुगेका इन्टरमियामीका खेलाडी तथा कर्मचारीलाई स–साना नानीहरूले फूलको गुच्छाले स्वागत गरेका थिए।

विमानबाट झरेको टोलीलाई स्वागत गर्ने क्रममा केहीबेर अन्योल सृजना भएको दृश्य स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

इन्टर मियामीको टोलीमा मेस्सीका साथै अन्य चर्चित खेलाडीहरू उरुग्वेका लुइस सआरेज, स्पेनियार्ड्स जोर्डी अल्बा र सर्जियो बुस्केट्स पनि सामेल छन्।

सन् २०२२ को फिफा विश्वकप विजेता मेस्सी हङकङ आउने घोषणा भएलगत्तै यहाँका फुटबलप्रेमीहरूमा उन्माद छाइसकेको थियो।

यसैले त, ८ सय ८० र ४ हजार ८ सय ८० हङकङ डलर दरका टिकट गत डिसेम्बरमा बिक्री खुला भएको एक घण्टाभित्रै सबै बिक्री भएका थिए।

इन्टरमियामीले शनिबार हङकङ स्टेडियममा खुल्ला प्रशिक्षण सत्र आयोजना गर्नेछ। यसको लागि ५ सय ८० देखि ७ सय ८० हङकङ डलर दरका टिकट क्लुकमार्फत उपलब्ध थियो, यो पनि बिक्री भइसकेको छ। त्यस्तै, लगभग १५ हजार टिकट हङकङ सरकारद्वारा स्थानीय समुदायलाई वितरण गरिएको छ।

भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .