हङकङ : नवजात शिशु बोनसका लागि पहिलो ब्याचमा समेटिए ६ हजार अभिभावक, पाउनेछन् २० हजार डलर

हङकङ : नवजात शिशु बोनसका लागि पहिलो ब्याचमा समेटिए ६ हजार अभिभावक, पाउनेछन् २० हजार डलर

फाइल तस्बिर (एससीएमपी)


नेपालखबर
माघ २४, २०८० बुधबार १२:१३, हङकङ

हङकङ सरकारले पहिलो ब्याचमा करिब ६ हजार अभिभावक नवजात शिशु बोनस पाउन योग्य रहेको बताएको छ।

प्रशासन कार्यालय (एडमिनिस्ट्रेसन अफिस) का उपमुख्य सचिवलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार उनीहरूलाई बोनस रकम वितरण गर्ने कार्यक्रम प्रक्रियामा गइसकेको छ।

कार्यालयका अनुसार योग्य अभिभावकले एक पटकका लागि २० हजार हङकङ डलर नगद  पाउनेछन्।

हङकङका नागरिकलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने उद्देश्यले सरकारले २०२३ को अक्टोबरपछि जन्मेका प्रत्येक बच्चाका आमाबाबुलाई हङकङ डलर २० हजार नगद बोनस दिने स्किम ल्याएको छ। जसअन्तर्गत  पहिलो ब्याचका करिब ६ हजार अभिभावकले बोनस प्राप्त गर्न लागेका हुन्।

प्रशासन कार्यालयको जानकारी अनुसार २५ अक्टोबर २०२३ देखि २०२४ को मध्य जनवरीको बीचमा आवेदन दिएका योग्य अभिभावकले पहिलो ब्याचअन्तर्गतको भुक्तानी प्राप्त गर्नेछन्।

उनीहरूलाई रकम भुक्तानी गरिएको जानकारी एसएमएसमार्फत गरिनेछ। एसएमएस ५९२८ ७४०९ नम्बरबाट आउनेछ भने रकम आवेदकले आवेदन दिँदाको बखत उल्लेख गरेको बैंक खातामा आउनेछ।

साथसाथै कार्यालयले एसएमएस पठाउँदा कुनै हाइपरलिङ्क समावेश नगरिने हुँदा ठगीबाट बच्न सचेत गराएको छ।

न्यून जन्मदर एवं वृद्ध जनसंख्याको चुनौतीलाई कम गर्न सुरु गरिएको प्रोत्साहन योजनाका लागि गत शनिबार (३ फेब्रुअरी)सम्म ६ हजार ९ सय योग्य आवेदन प्राप्त भएको कार्यालयले जनाएको छ।

जसमा जनवरीको मध्यसम्ममा आवेदन दिने करिब ६ हजारले पहिलो ब्याचमा भुक्तानी पाउन लागेका हुन्। त्यसपछिका आवेदकले अर्को ब्याचमा पाउनेछन्।

जन्मदर बढाउने उद्देश्यले हङकङ सरकारले विभिन्न खालका स्किमहरू ल्याएको छ। यसअघि नै सरकारले नवजात शिशु भएका हङकङवासीलाई फ्ल्याट भाडामा लिन पर्खने समय घटाएको थियो।

२५ अक्टोबर २०२३ पछि जन्मेका बच्चा भएका र दुई वर्षदेखि सार्वजनिक फ्ल्याटको लागि पर्खिरहेका परिवारलाई यस्तो सुविधा दिइएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .