एसियाका ५० उत्कृष्ट रेस्टुरेन्टमा हङकङका मात्रै ६ समेटिए, दुई वटा टप ५ भित्र

एसियाका ५० उत्कृष्ट रेस्टुरेन्टमा हङकङका मात्रै ६ समेटिए, दुई वटा टप ५ भित्र

हङकङको द चेयरमेन, जुन उत्कृष्ट ५० को चौथो नम्बरमा परेको छ


नेपालखबर
चैत १४, २०८० बुधबार १८:५, हङकङ

मंगलबार साँझ दक्षिण कोरियाको सियोलमा ‘एनुअल एसियाज ५० बेस्ट रेस्टुरेन्ट अवार्ड’ घोषणा गरियो।

जसमा पहिलो र दोस्रोमा जापानका दुई रेस्टुरेन्ट र तेस्रोमा बैंकको एक रेस्टुरेन्टले ताज पहिरिए भने चौथो र पाँचौँमा हङकङका द चेयरमेन र विङ रेस्टुरेन्ट रहन सफल भए।

हङकङ यतिमा मात्र सीमित रहेन, ५० उत्कृष्टमा हङकङका अरू ४ रेस्टुरेन्ट पनि समेटिए।

जसको सोह्रौँ नम्बरमा नेइबरहुड, सत्ताइसौँमा मोनो, बत्तीसौँ स्थानमा क्याप्रिस र सैतीसौँ स्थानमा अन्डो रेस्टुरेन्टले आफ्नो स्थान सुरक्षित गरे।

२०२४ को सूचीमा धेरै रेस्टुरेन्ट पर्ने अर्को सहर बैंकक रह्यो। यो सूचीमा बैंककका आठ रेस्टुरेन्ट समेटिएका छन्।

त्यस्तै, कार्यक्रममा चर्चित रहेका विशेष परस्कारहरूमध्ये बेइजिङको लाम्ड्रे रेस्टुरेन्टले ‘वन टु वाच’ ट्रफी उचालेको छ।

यसैगरी, ‘एसियाज बेस्ट फिमेल सेफ’ अवार्ड बैंकक (थाइल्यान्ड)को रेस्टुरेन्ट पोटोङकी सञ्चालक पिचाया ‘पाम’ सुनटोर्नियानाकिजलाई पाइन्।

टि सस्टेनेबल रेस्टुरेन्ट अवार्ड र आर्ट अफ हस्पिटालिटी अवार्ड पनि बैंकककै अन्य दुई रेस्टुरेन्टले हात पारे। सीएनएन

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .