हङकङमा विनालाइसेन्स बिरामीको उपचार गर्ने महिला पक्राउ

हङकङमा विनालाइसेन्स बिरामीको उपचार गर्ने महिला पक्राउ

७१ वर्षीया सन्दिग्धलाई आफ्नै घरमा सञ्चालन गरेको क्लिनिकबाट पक्राउ गरिएको हो (एससीएमपी)


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १८:४, हङकङ

विनालाइसेन्स दन्त चिकित्सा अभ्यास गर्दै आएको आरोपमा एक महिलालाई हङकङ प्रहरीले पक्राउ गरेको छ।

उनको धन्दाबारे सुइँको पाएपछि प्रहरी बिरामीको भेषमा उनले सञ्चालन गरेको क्लिनिकसम्म पुगेको थियो। सन्दिग्धले चेउङ सा वानमा रहेको आफ्नै फ्ल्याटमा क्लिनिक सञ्चालन गरेकी थिइन्।

अधिकारीहरूले क्लिनिकमा छापा मारेर दन्त उपकरणका साथै केही औषधि समेत जफत गरेको प्रहरीले जनाएको छ।

७१ वर्षीया महिलाले उक्त क्लिनिकबाट विनालाइसेन्स दन्त चिकित्साको अभ्यास गर्दै आएको आरोप प्रहरीको छ।

यो आरोप पुष्टि भएमा तीन वर्ष जेल सजाय र हङकङ डलर एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, नियन्त्रित औषधि राखेको आरोप पनि उनलाई लागेको छ। यो आरोप पुष्टि भएमा अधिकतम दुई वर्ष जेल सजाय र हङकङ डलर एक लाख जरिवाना हुन सक्नेछ।

शुक्रबार बिहान पक्राउ परेकी महिला दिउँसोसम्म प्रहरीको नियन्त्रणमा रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .