हङकङमा शनिबार किन भयो ‘असामान्य वर्षा’? यसो भन्छन् विज्ञ

हङकङमा शनिबार किन भयो ‘असामान्य वर्षा’? यसो भन्छन् विज्ञ

साइकुङको ताइमङ साइ रोडमा आएको बाढी (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
बैशाख २३, २०८१ आइतबार १२:१, हङकङ

हङकङमा शनिबार भएको मुसलधारे वर्षाका कारण चेङ क्वान ओ, साउकेइ वान र क्लियर वाटर बे लगायतका क्षेत्र बाढीग्रस्त भए।

हिजोको वर्षालाई गत सेप्टेम्बरमा आएको झन्डै पाँच सय वर्षपछिको आँधीको झल्को दिएको कतिपय हङकङवासी बताउँछन्।

अब्जर्भेटरीका अनुसार बेलुका ४ बजेसम्म चेङ क्वान ओका केही भागमा चार सय मिलिमिटर वर्षाको रेकर्ड भएको थियो भने सहरको पूर्वी भागमा दुई सय मिलिमिटरभन्दा बढी पानी परेको थियो।

साउथ चाइना मर्निङ पोस्टले शनिबारको वर्षा सम्बन्धमा अब्जर्भेटरीका वर्तमान तथा पूर्व मौमसविद्हरूसँग परामर्श गरेको छ। जसलाई नेपालखबरले समेट्ने प्रयास गरेको छ।

यो वर्षालाई कतिपय मौसमविद्ले ‘असामान्य’को संज्ञा दिएका छन् भने कसैले जलवायु परिवर्तनको असर हुन सक्ने बताए।

शनिबारको वर्षा असामान्य हो?
शनिबारको वर्षा मुख्यतया यस क्षेत्रमा न्यून चापीय रेखा र माथिल्लो वायु अवरोधका कारण उत्पन्न भएको अब्जर्भेटरीले जनाएको छ।

मौसम प्रणालीले पर्ल नदी डेल्टा वरपरको क्षेत्रमा भारी वर्षा र चट्याङको स्थिति पैदा भएको थियो।

अब्जर्भेटरीका वरिष्ठ वैज्ञानिक लि चेङ शनिबारको वर्षा असामान्य भएको र ‘अत्यन्त असमान’ तरिकाले परेको बताउँछन्।

सहरका विभिन्न स्थानमा फरक–फरक वर्षाका कारण कम गतिमा बादल सरेको उनको भनाइ छ।

त्यस्तै, अब्जर्भेटरीका पूर्वसहायक निर्देशक लियङ विङ मो मे महिनामा एक दिनमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड हुनु नै असामान्य भएको बताउँछन्।

शनिबारको वर्षा जलवायु परिवर्तनको प्रत्यक्ष असर हो भन्नेमा शतप्रतिशत ठोकुवा गर्न नसके पनि ग्लोबल वार्मिङका कारण यस्तो घटना बढी हुने उनको मत छ।

चेङ क्वान ओ स्थित एईओएन डिपार्टमेन्ट स्टोरका कर्मचारी स्टोरभित्र छिरेको पानी सफा गर्दै (एससीएमपी)

हङकङमा मे महिनामा सामान्यभन्दा बढी वर्षा रेकर्ड यसअघि कहिले-कहिले भएको थियो?
आधिकारिक तथ्यांकका अनुसार हङकङमा ३० मे १८८९ मा पाँच सय २० मिलिमिटर वर्षा भएको थियो। त्यसपछि, ८ मे १९९२ मा तीन सय २४ मिलिमिटर वर्षा भयो। त्यस्तै, २४ मे २०१७ मा दुई सय ७३ मिलिमिटर वर्षा रेकर्ड भएको थियो।

किन भयो अचानक वर्षा?
हालको मौसम विज्ञान प्रविधिले समग्र मौसमको ढाँचा भारी वर्षाको लागि अनुकूल छ कि छैन भनेर मात्र अनुमान गर्न सक्ने पूर्वसहायक निर्देशक विङ बताउँछन्।

‘अब्जर्भेटरीले कुन मौसम प्रणालीले भारी वर्षा हुन सक्छ भन्ने अनुमान गर्न सक्छ,’ विङ भन्छन्, ‘तर, अहिलेको प्रविधिले हावाहुरी कहिले आउँछ, कति भारी हुन्छ र कहाँ आउँछ भन्ने अनुमान गर्न सकिदैन।’

‘यदि हिजोको पूर्वानुमानले आज भारी वर्षा हुन सक्छ भन्यो भने यो केवल आजको अवस्थाको सामान्य सारांश हुनेछ,’ वोङ थप्छन्।

वर्षा तथा आँधीको संकेत अनुसार अब्जर्भेटरीले वास्तविक समयको मौसम जानकारी प्रदान गरिसकेको उनी बताउँछन्।

‘अब्जर्भेटरीले भारी वर्षा सुरु हुनुअघि एम्बर वर्षाको चेतावनी जारी गर्‍यो,’ विङ भन्छन्, ‘वर्षाको तीव्रता बढ्दै जाँदा चेतावनीस्तर रातो बनाइयो।’

हङकङको सिमानामा पर्ने चीनको ग्वाङजोङ प्रान्तको छिङयुआनमा आएको बाढी (एएफपी)

मौसम अस्थिर हुँदा कसरी सतर्क रहने?
पछिल्लो मौसम पूर्वानुमानले आइतबारदेखि वर्षा कम हुँदै जाने र सोमबार तथा मंगलबारबाट मौसम खुल्ने देखाएको छ।

यद्यपि, पूर्वी वायुको प्रवाह बुधबार दक्षिणी चीनको तटमा पुग्नेछ। जसले तटमा वर्षा र तीव्र हावा ल्याउनेछ।

अस्थिर मौसमको यस अवधिमा घर बाहिर जाने योजना बनाउनुअघि तथा बाहिर निस्कनु पहिले नवीनतम मौसम पूर्वानुमानलाई ध्यान दिन अब्जर्भेटरीले सुझाएको छ।

अब्जर्भेटरीको मोबाइल एपमा दुई घण्टाको पूर्वानुमान उपलब्ध रहेको विङ बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .