दुबइका राजकुमार अलि अल मकतुम पारिवारिक कार्यालय उद्घाटन गर्न पुनः हङकङ आउने भएका छन्।
मकतुमको हङकङस्थित कार्यालयका सीईओ एलेनोर जेन माकले मंगलबार साउथ चाइना मर्निङ पोस्टसँगको अन्तर्वार्तामा उक्त कुराको पुष्टि गरेकी हुन्।
‘केही अत्यावश्यक र अप्रत्यासित निजी मामिला’का कारण मार्च २८ मा कार्यालय उद्घाटन हुने भनिएको ११ घण्टाअघि कार्यक्रम रद्द गरी मकतुम फर्किएपछि सहरमा धेरैको ध्यान आकर्षित गरेको थियो।
त्यतिबेला मकतुमले ५० करोड अमेरिकी डलर लगानीको पारिवारिक कार्यालय उद्घाटन गर्ने भनिएको थियो।
कार्यक्रम एकाएक रद्द भएर सर्वत्र चासो छाएपछि उनको कार्यालयले कार्यक्रम रद्द नभई सरेको र उक्त समारोह ‘मेको अन्त्यमा’ हुने घोषणा गरेको थियो।
कार्यक्रममा सहभागी हुन, सम्भावित व्यापारिक साझेदारहरूलाई भेट्न र परोपकारी गतिविधिमा भाग लिन शेखले आगामी हप्ता(हरू)मा सहर फर्कने योजना बनाएको माकले कुराकानीमा बताइन्। यद्यपि, समयतालिका र अन्य कार्यक्रमको मिति भनृ जुन महिनामा आउन सक्ने उनले बताएकी छन्।
‘हामी अझै पनि केही विकल्पका बारेमा छलफल गरिरहेका छौँ, माकले भनेकी छन्, ‘हामी आशा गर्छौँ कि उहाँ आउँदा घोषणा गर्न ठोस कुरा हुनेछन्।’
Shares
प्रतिक्रिया