हङकङको वातावरण तथा पारिस्थितिकी (इन्भायरोन्मेन्ट एन्ड इकोलोजी) ब्युरोले हङकङका लगभग ७० प्रतिशत रेस्टुरेन्ट प्लास्टिकमुक्त भएको बताएको छ।
करिब सात हजार रेस्टुरेन्टको स्थलगत भ्रमण गर्दा तीमध्ये ७० प्रतिशतले गैरप्लास्टिक टेबलवेयर प्रयोग गर्न थालेको फेला परेको भन्दै ब्युरोले सामाजिक सञ्जाल फेसबुकमा लेखेको हो।
भ्रमणका क्रममा चेन रेस्टुरेन्टहरूले तिनीहरूका ८० प्रतिशतभन्दा बढी ग्राहकले टेकअवे खाना अर्डर गर्दा डिस्पोजेबल भाँडाकुँडा नरुचाएको बताएका छन्।
ब्युरोले अर्को महिना गैर-प्लास्टिक टेबलवेयरको गुणस्तर र सुरक्षाका साथै त्यससँग सम्बन्धित प्रमाणपत्र र कागजातहरू अनलाइनमा राख्ने जनाएको छ। -एजेन्सी
90
Shares
प्रतिक्रिया