हङकङमा ट्याक्सी र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु, पैदल यात्रुसहित ३ घाइते

हङकङमा ट्याक्सी र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु, पैदल यात्रुसहित ३ घाइते

नाथन रोड र अर्गाइल स्ट्रिटको चोकमा दुर्घटना भएको हो (क्विनी लीको फेसबुक)


नेपालखबर
जेठ १३, २०८१ आइतबार १२:७, हङकङ

हङकङमा आइतबार बिहान ट्याक्सी र मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने एक पैदलयात्रुसहित तीन जना घाइते भएका छन्।

मृत्यु हुने दुवैजना मोटरसाइकल यात्री हुन्। जसलाई २२ वर्षीय पुरुषले हाँकेका थिए भने पछाडि सिटमा २४ वर्षीया महिला सवार थिइन्।

बिहान करिब पौने ३ बजे मङककको नाथन रोड र अर्गाइल स्ट्रिटको चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार दुवै जनालाई बेहोस अवस्थामा याउमा तेइस्थित क्वोङ वाह अस्पताल लगिएको थियो। अस्पताले पुरुषलाई बिहान ३ः४३ र महिलालाई ३ः५५ बजे मृत घोषित गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यता, ट्याक्सीमा सवार दुई जनालाई पनि सामान्य घाइते अवस्थामा सोही अस्पताल लगिएको थियो। उनीहरूको हातखुट्टामा चोट लागेको बुझिएको छ।

यसैगरी, दुर्घटनाका कारण उछिट्टएको भग्नावशेष लागेर ६९ वर्षीय एक पैदल यात्रुको अनुहारमा चोट लागेको छ। उनलाई पनि उपचारार्थ सोही अस्पतालमा पठाइएको थियो।

प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .