हङकङ : युनलङको एक घरमा आगलागी

हङकङ : युनलङको एक घरमा आगलागी

अग्निनियन्त्रकलाई आगो निभाउन एक घण्टा लागेको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
जेठ २८, २०८१ सोमबार १४:१७, हङकङ

हङकङको न्यु टेरिटोरीस्थित युङलङमा रहेको एक घरमा आगलागी भएको छ।

सोमबार बिहान करिब सवा ११ बजे पाट ह्युङको कामसुइ साउथ रोडमा रहेको दुई तले भवनमा आगो लागेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

एक जेट र एक श्वासप्रश्वास उपकरणसहित घटनास्थल पुगेको दमकल विभागको टोलीले लगभग १ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो।

आगलागी भएको उक्त घरमा मानव बसोबास भने नरहेको बुझिएको छ। घटनासँग परिचित स्रोतलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार उक्त घर पहिले कुकुर केनेलको रूपमा प्रयोगमा रहेको र हाल रिक्त थियो।

यद्यपि, घटनास्थलमा अग्निनियन्त्रकले ४० वटा बिरालाको शव फेला पारेका छन्।

प्रहरीले घटना के कसरी घट्न पुग्यो भन्नेबारे केनेलका इन्चार्जसँग सम्पर्क गर्न प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .