हङकङमा बाल इन्फ्लुएन्जा ए संक्रमणबाट अर्की बालिकाको पनि मृत्यु

हङकङमा बाल इन्फ्लुएन्जा ए संक्रमणबाट अर्की बालिकाको पनि मृत्यु

उपचारार्थ कारितास मेडिकल सेन्टरमा लगिएकी बालिकाको सोही दिन मृत्यु भएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
असार ४, २०८१ मंगलबार १८:३५, हङकङ

हङकङमा बाल इन्फ्लुएन्जा ए संक्रमणबाट फेरी अर्की आठ वर्षीया बालिकाको मृत्यु भएको छ। दुई महिनाअघि पनि यही फ्लुका कारण आठ वर्षकै बालिकालगायत अन्यको मृत्यु भएको थियो।

पछिल्लो पटक मृत्यु भएकी बालिकालाई १६ जुन (आइतबार) देखि ज्वरो र बान्ताको समस्या देखिएको थियो।

बिमार निको नभएपछि उनलाई भोलिपल्ट सामान्य चिकित्सीय उपचार गरिएको थियो। यसपछि भने उनलाई कारितास मेडिकल सेन्टर (सीएमसी) लगिएको थियो।

सएमसीको दुर्घटना तथा आकस्मिक विभागमा भर्ना गरिएकी उनको कार्डियक अरेस्ट भयो र सोही दिन निधन भएको द स्ट्यान्डर्डमा उल्लेख छ।

चिकित्सकीय परिभाषाअनुसार कार्डियक अरेस्ट हुँदा मुटुको धड्कन अचानक बन्द हुन्छ र शरीरका अंगमा रक्त प्रवाहको कमी हुन गई मानिस बेहोस वा अशक्त हुन्छ।
 
उनको श्वासप्रश्वास नमूना प्रयोगशाला परीक्षणमा इन्फ्लुएन्जा ए(एच३) भाइरसको संक्रमण देखिएको थियो।

सहरको सेन्टर फर हेल्थ प्रोटेक्सन (सीएचपी)ले मंगलबार जनाएअनुसार यस वर्ष इन्फ्लुएन्जा ए संक्रमणबाट मृत्यु हुने बालबालिकाको संख्या पाँच पुगेको छ। साथै, सीएचपीले संक्रमणबारे अनुसन्धान भइरहेको समेत जानकारी दिएको छ।

सीएचपीको प्रारम्भिक अनुसन्धानले पछिल्लो पटक मृत्यु भएकी बालिकामा इन्फ्लुएन्जाको लक्षण देखिएको अवधि (इन्क्युवेसन पिरियड) मा कुनै यात्रा इतिहास नदेखिएको जनाएको छ। साथै, उनमा विगतको स्वास्थ्यस्थिति पनि नराम्रो नदेखिएको सीएचपीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .