हङकङमा ट्याक्सीको ठक्करबाट घाइते किशोरको अवस्था गम्भीर

हङकङमा ट्याक्सीको ठक्करबाट घाइते किशोरको अवस्था गम्भीर

दुर्घटनापछि दुवै जनालाई प्रिन्सेस मार्गरेट अस्पताल लगिएको थियो (एससीएमपी)


नेपालखबर
असार १९, २०८१ बुधबार १६:४६, हङकङ

हङकङमा बुधबार बिहान ट्याक्सीसँग ठोकिएका साइकालयात्री यतिखेर जीवनमरणको लडाइँ लडिरहेका छन्।

बिहान चिङ यी पुलको क्वाइचिङ सडकखण्डमा दुर्घटना हुँदा साइकलमा सवार १७ वर्षीय किशोरको टाउकोमा चोट लागेको थियो।

उनी चिङयीतर्फ अगाडि बढ्दा ट्याक्सीले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनलाई बेहोस अवस्थामा लाइचि ककस्थित प्रिन्सेस मार्गरेट अस्पताल लगिएको छ।

प्रहरी प्रवक्तालाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार दिउँसो १ बजेसम्म किशोरको अवस्था गम्भीर छ।

दुर्घटनामा परेको ट्याक्सीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ६९ वर्षीय चालकले पनि अस्वस्थ महसुस गरेको बताएपछि सोही अस्पतालमा लगिएको थियो।

घटनाबारे प्रहरीले विस्तृत अध्ययन भइरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .