हङकङका यी पुरुषमा के छ त्यस्तो समस्या? जसले फ्याक्दै हिँडे महिलाको नितम्बमा तरल पदार्थ

हङकङका यी पुरुषमा के छ त्यस्तो समस्या? जसले फ्याक्दै हिँडे महिलाको नितम्बमा तरल पदार्थ

अदालतले पीडकलाई ४ महिनाको जेल सजाय सुनाएको छ (एससीएमपी)


नेपालखबर
असार १९, २०८१ बुधबार १३:१४, हङकङ

हङकङका एक पुरुषलाई महिलाहरूको नितम्बमा तरल पदार्थ छर्केको आरोपमा अदालतले चार महिना जेल सजाय सुनाएको छ।

५६ वर्षीय लि क्वक-डिङले आफूले गरेको दुर्व्यवहार स्वीकार गर्दै ‘तनाव र नकारात्मक भावना’लाई यसको कारण भनेका छन्।

निर्माण क्षेत्रमा काम गर्ने उनले पारिवारिक र कामको समस्याका कारण आफू नकारात्मक भावनातर्फ अभिप्रेरित हुनपुग्ने गरेको अदालतसामु बताएका हुन्।

तीन वटा घटनामा दोषी ठहरिएका उनले महिलाको कुनै पनि अंगलाई लक्षित नगरेको बताएका छन्। तर, उनी जुन जुन घटनामा संलग्न भएको देखिएको छ त्यसमा उनले महिलाको नितम्बमा तरल पदार्थ फ्याँकेका छन्।

पहिलो पटक ५ फेब्रुअरीमा मङककस्थित एमटीआर स्टेसनबाहिर १९ वर्षीया किशोरीलाई उनले दुर्व्यवहार गरेका थिए।

मङककमा किनमेल गरिरहेकी किशोरीले अचानक शरीरको तल्लो भाग भिजेको महसुस गरिन्। पछाडि फर्केर हेर्दा के-कसरी भिज्यो, भन्ने भेउ पाउन सकिनन्, किनकि दुर्व्यवहार गर्ने व्यक्ति त्यहाँबाट भागिसकेका थिए।

यसपछि मङककमै दुई वटा यस्तै अरू घटना सीसीटीभीमा कैद भएपछि शंकास्पद व्यक्तिको रूपमा उनलाई पहिचान गरिएको थियो।

१८ फेब्रुअरीमा लिले चलचित्र हेरेर याउमा तेइबाट घर फर्कँदै गरेकी ३२ वर्षीया महिलालाई निशाना बनाएका थिए।

उनले ती महिलालाई साइ युङ चोइ स्ट्रिट साउथमा पहिले तातो पानीले छर्किए। त्यसको केही बेरपछि तुङचोइ स्ट्रिटमा फेरि निशानामा पारे।

पछिल्लो पटक २३ फेब्रुअरीमा कजवे बेको ग्रेट जर्ज स्ट्रिटमा मुख्यभूमिबाट आएकी १७ वर्षीया पर्यटकको नितम्बमा तरल पदार्थ खन्याएपछि भने उनलाई पक्राउ गरिएको हो।

पहिलो पटक लिको दुर्व्यवहारमा परेकी किशोरीले भने आफू दुर्व्यवहारमा परेको भन्ने भेउ त्यतिखेर मात्र पाइन् जतिबेला अनुसन्धानमा खटिएकी महिला प्रहरीले उनलाई सम्पर्क गरेकी थिइन्।

किशोरीलाई दुर्व्यवहार गरेको स्वीकार गरिसकेका लिले किशोरीलाई पसलमा देख्दा आफूले ‘अचानक अस्वस्थ महसुस’ गरेको बयान अधिकारीसमक्ष दिएका छन्।

हङकङ यस प्रकारका दुर्व्यवहार धेरै पहिलेदेखि हुँदै आएको देखिन्छ। माथि उल्लेखित घटनामा दोषी ठहर भएका लिले पानी खन्याएको बयान दिएका छन्।

तर केही यस्ता घटना पनि छन्, जहाँ महिलाको नितम्बमा वीर्य स्खलनसम्मका घटना बाहिर आएका छन्।

महिलामाथि भएका यसप्रकारका दुर्व्यवहारलाई समेटेर ३ महिनाअघि स्थानीय सञ्चारमाध्यममा एउटा लेख प्रकाशित भएको थियो, जसलाई नेपालखबरले अनुवाद गरी प्रकाशन गरेको थियो।

पछिल्लो पटक जेल सजाय सुनाइएका लिबाट बरामद गरिएका तरल पदार्थको फरेन्सिक परीक्षणमा शारीरिक हानि गर्ने पदार्थ भने नभेटिएको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोेस्टले उल्लेख गरेको छ। फरक फरक घटनामा दोषी ठहर गरिएका उनलाई वेस्ट काउलुन अदालतले चार महिनाको जेल सजाय सुनाएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .