हङकङ : सम्बन्ध टुटेपछि महिलाले जब पूर्वप्रेमीको कार्यालय छेउमा ऋण तिर्नुपर्ने साइनबोर्ड राखिन्

हङकङ : सम्बन्ध टुटेपछि महिलाले जब पूर्वप्रेमीको कार्यालय छेउमा ऋण तिर्नुपर्ने साइनबोर्ड राखिन्

डक्सिङको आरोपमा पीसीपीडीले ३८ वर्षीया महिलालाई पक्राउ गरेको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
असार २१, २०८१ शुक्रबार १४:१, हङकङ

हङकङमा पूर्वप्रेमीको अनुमतिविना उसको व्यक्तिगत विवरण खुलासा गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

व्यक्तिगत विवरणका लागि गोपनीयता आयुक्तको कार्यालय (पीसीपीडी)ले शुक्रबार ३८ वर्षीया चिनियाँ महिलालाई पक्राउ गरेको हो।

पीसीपीडीको अनुसन्धानअनुसार पीडित व्यक्ति र पक्राउ परेकी महिलाबीच सन् २०१९ मा घनिष्ट सम्बन्ध सुरु भएको थियो।

त्यसपछि अक्टोबर २०२३ मा उनीहरूको सम्बन्ध टुट्यो।

सम्बन्ध टुंगिएको केही दिनपछि पुरुषको कार्यस्थल नजिकैको सडकमा उसको व्यक्तिगत विवरणसहितको साइनबोर्ड राखिएको थियो। जसमा ऋण तिर्नुपर्ने दाबीसहित पीडितविरुद्ध नकारात्मक टिप्पणी पनि लेखिएको थियो।

त्यसको केही समयपछि पीडितको बसोबास रहेको भवन र उसकै फ्ल्याटबाहिर यस्तै सामग्री समेटिएको ब्यानर टाँसियो।

साथै, यही प्रकारको सामग्री लेखिएको सन्देश सामाजिक सञ्जालमा खुला छलफलका लागि पोस्ट गरियो।

यसरी सार्वजनिक गरिएको सन्देशमा पीडितको चिनियाँ नाम, अनुमानित उमेर, तस्बिर लगायतका व्यक्तिगत विवरण समावेश गरिएका छन्।

पक्राउ परेकी महिलालाई जमानत छोडी अनुसन्धान अघि बढाइएको छ।

पीसीपीडीले मौद्रिक वा अन्य कुनै विवादकै कारण अरूलाई डक्स गर्न नहुने बताएको छ। कुनै व्यक्ति वा संस्थाको व्यक्तिगत विवरण उसको सहमतिविना सार्वजनिक गर्नु डक्सिङ हो।

डक्सिङ एक गम्भीर अपराध भएको र यो पुष्टि भएमा अपराधीलाई १० लाख हङकङ डलरसम्म जरिवाना एवं पाँच वर्षको जेल सजाय हुने कानुनी प्रावधान रहेकोतर्फ पनि पीसीपीडले सचेत गराएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .