हङकङमा आज यो वर्षकै गर्मी, कति पुग्यो तापक्रम?

हङकङमा आज यो वर्षकै गर्मी, कति पुग्यो तापक्रम?

हङकङको तापक्रम आज यो वर्षकै उच्चमा पुगेको छ (एससीएमपी)


नेपालखबर
असार २१, २०८१ शुक्रबार १६:४२, हङकङ

हङकङको तापक्रम शुक्रबार यो वर्षकै उच्च रेकर्ड भएको छ।

अब्जर्भेटरीको मुख्यालय चिमसा चोईमा दिउँसो साढे २ बजे गरिएको मापनअनुसार सहरी क्षेत्रको समग्र तापक्रम ३४.६ डिग्री सेल्सियस पुगेको थियो भने कुनै स्थानमा झन्डै ३६ डिग्रीसम्म पुगेको थियो।

धेरै तापक्रम पुग्ने स्थानमध्ये सेङ सुइमा ३५.७ र ताकु लिङ, युनलङ पार्क तथा चेकलाप ककमा ३५ डिग्री सेल्सियस पुगेको थियो।

अब्जर्भेटरीको वेभसाइटमा देखाइएअनुसार स्थानीय समय बेलुका ६:४० बजे सहरको तापक्रम ३१.४ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .