जापानमा हिमाल चढ्ने क्रममा हङकङका आरोहीको मृत्यु

जापानमा हिमाल चढ्ने क्रममा हङकङका आरोहीको मृत्यु

योशिदा ट्रेलमार्फत आरोहण सुरु गरेका आरोहीले ३,१०० मिटरको उचाइमा पुगेपछि होस गुमाएका थिए (ईपीए)


नेपालखबर
असार २५, २०८१ मंगलबार १८:१०, काठमाडौँ

जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी आरोहण गर्ने क्रममा हङकङका पर्यटकको मृत्यु भएको छ।

हङकङ अध्यागमन विभागले पनि मद्दतको लागि कल प्राप्त गरेको भन्दै यसको पुष्टि गरेको छ।

मृत्युको खबर पाएपछि हङकङमा परराष्ट्र मन्त्रालयको कार्यालयले जापानमा रहेको चिनियाँ दूतावाससँग घटनाबारे जानकारी लिएको थियो।

जापानमा यो वर्षको आरोहण मौसम भर्खरै सुरु भएको हो। यो मौसमको पहिलो मृत्यु हुनेमा हङकङका ५८ वर्षीय आरोही बन्न पुगेका छन्।

जापानका स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार मृतक आरोही र उनकी श्रीमतीले सोमबार दिउँसो १:३० बजे २,३०५ मिटरको उचाइमा रहेको पाँचौँ स्टेसनबाट आरोहण सुरु गरेका थिए।

८:३० बजे ३,१०० मिटर उचाइको आठौँ स्टेसनमा पुगेपछि पीडितले अस्वस्थ महसुस गरेका थिए। र, केही छिनपछि होस गुमाए।

उनी बेहोस भएपछि सँगै गएका अन्य आरोहीले स्टेसनका कर्मचारीलाई खबर गरेका थिए। नजिकैको मेडिकल स्टेसनमा पुर्‍याइएका उनलाई चिकित्सकले मृत्यु भएको पुष्टि गरे।

३,७७६ मिटर अग्लो माउन्ट फुजीको यामानाशी प्रिफेक्चर यो मौसमका लागि १ जुलाईदेखि सुरु भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .