हङकङमा दक्षिणपश्चिम मनसुन सक्रिय, अर्को शुक्रबारसम्म वर्षा र आँधीको जोखिम

हङकङमा दक्षिणपश्चिम मनसुन सक्रिय, अर्को शुक्रबारसम्म वर्षा र आँधीको जोखिम

हङकङमा अबको हप्ता वर्षा तथा आँधीको जोखिम रहेको अब्जर्भेटरीले जनाएको छ (एससीएमपी)


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १६:३०, हङकङ

हङकङमा आगामी ८ दिन मनसुन सक्रिय रहने भएको छ। जसका कारण २ अगस्टसम्म वर्षा र आँधीबेहरी आउने हङकङ अब्जर्भेटरीले जनाएको छ।

‘सक्रिय दक्षिणपश्चिम मनसुनले भोलि ग्वान्दोङको तटीय क्षेत्रमा वर्षा र चट्याङसहितको आँधी ल्याउनेछ,’ अब्जर्भेटरीले ९ दिनको मौसम पूर्वानुमानमा शुक्रबार भनेको छ, ‘न्यून चापीय रेखाले आगामी दुई दिनमा दक्षिण चीन सागरको उत्तरी भाग र दक्षिणी चीनको तटीय क्षेत्रमा भारी वर्षा ल्याउनेछ।’

न्यून चापीय रेखा अर्को हप्ताको मध्यमा दक्षिण चीन सागरको उत्तरी भागमा रहने अनुमान अब्जर्भेटरीको छ। जसका कारण ग्वान्दोङको तटमा अझै वर्षा हुनेछ।

‘अहिले फिलिपिन्सको पूर्वी समुद्रमा अस्थिर मौसम ल्याएको न्यून चापीय क्षेत्र आगामी केही दिनमा क्रमशः विकसित हुँदै लुजोन स्ट्रेटदेखि ताइवानसम्म सर्नेछ,’ अब्जर्भेटरीले भनेको छ।

अर्को शुक्रबारसम्म वर्षाको सामना गर्नुपर्ने हङकङमा त्यसपछि भने घमाइलो मौसम हुनेछ। वर्षात्का दिनमा ३०-३१ डिग्री सेल्सियसको आसपास रहने तापक्रम ३ अगस्टदेखि भने बढेर ३३ डिग्रीसम्म पुग्नेछ।

यसैगरी, साँझ ५ बजे जारी अब्जर्भेटरीको बुलेटिनअनुसार हङकङमा आज साँझ मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

‘पर्ल रिभर इस्टुरीमा मेघ गर्जनसहितको वर्षाको ब्यान्ड क्रमशः दक्षिणतिर सर्दैछ,’ बुलेटिनमा भनिएको छ, ‘यसले आगामी दुई घण्टामा हङकङलाई असर गर्न सक्छ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .