हङकङ : जोर्डनको सडकमा अचेत भेटिएकी महिलाको मृत्यु

सीसीटीभीमा देखियो हथौडाले टाउकोमा हानेको, ५ जना पक्राउ
हङकङ : जोर्डनको सडकमा अचेत भेटिएकी महिलाको मृत्यु

जोर्डनको बोरिङ स्ट्रिटमा महिला अचेत भेटिएकी थिइन् (ह्यान्डआउट)


नेपालखबर
साउन १४, २०८१ सोमबार १४:१७, हङकङ

याउमा तेइको फुटपाथमा अचेत अवस्थामा फेला परेकी महिलाको अस्पतालमा मृत्यु भएको छ।

जोर्डनको बोरिङ स्ट्रिट नजिकै रहेको पिल्केम स्ट्रिटमा रहेको एउटा भवन बाहिर सडकमा ३३ वर्षीया महिला बेहोस अवस्थामा भेटिएकी हुन्।

आइतबार बिहान ६ बजे एक महिलाले उनलाई बेहोस अवस्थामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरीले उनलाई याउमातेइस्थित क्विन एलिजाबेथ अस्पताल लगेको थियो। अस्पतालले उनलाई बिहान करिब साढे ८ बजे मृत घोषित गर्‍यो।

साउथ चाइना मर्निङ पोस्टले स्थानीय व्यक्तिलाई उद्धृत गर्दै जनाएअनुसार आइतबार बिहान करिब २ बजे घटनास्थलमा झगडा भएको सुनिएको थियो।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा घटनालाई पछ्याउँदा शंकास्पद पाँच जनालाई पक्राउ गरेको जनाएको छ। जसमा तीन महिला र दुई पुरुष छन्।

सीसीटीभी फुटेजमा देखिएअनुसार यस्तो छ घटनाक्रम-

पीडित महिला एक पुरुष र एक महिलाको साथमा भवनबाट बाहिर निस्किएकी देखिएकी छन्। पछि, उनको टाउकोमा धेरै पटक हथौडा (ह्यामर)ले हिर्काएको देखिन्छ।

टाउकोमा चोट लागेपछि पीडित महिला सडकमा ढल्छिन् तर पनि उनको टाउकोमा प्रहार गर्न छोडिँदैन।

यति हुँदा पनि पीडित महिला उठेर भवनतिरै फर्किन्छिन्। तर, यसको केही छिनमा दुई महिला र एक पुरुषले उनलाई अचेत अवस्थामा बाहिर ल्याई फुटपाथमा छोड्छन्।

घटना घटेको भवन लागूऔषध र जुवा खेल्ने अड्डा रहेको स्थानीयबासीले सञ्चारमाध्यमलाई बताएका छन्। प्रहरीले उक्त भवनबाट आर्केड मेसिन लगायतका सामान बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .