हङकङमा ३ करोड डलरको गाँजा बरामद, १ जना पक्राउ

हङकङमा ३ करोड डलरको गाँजा बरामद, १ जना पक्राउ

बरामद गाँजाको अनुमानित मूल्य तीन करोड २० लाख हङकङ डलर रहेको छ (ह्यान्डआउट)


नेपालखबर
साउन १५, २०८१ मंगलबार ११:२१, हङकङ

हङकङ प्रहरीले न्यु टेरिटोरिज कार पार्कमा डेलिभरी भ्यानमा लुकाएर राखिएको ११९ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

बरामद गाँजाको अनुमानित मूल्य तीन करोड २० लाख हङकङ डलर रहेको काउलुनपूर्वी अपराध इकाइका वरिष्ठ प्रहरी निरीक्षक पुनसङ लाईलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

गोप्य स्रोतबाट प्रहरीले चिङ यी कार पार्कमा लागूऔषध बोकेको गाडी रहेको सूचना पाएका थियो।

सूचनालाई पछ्याउँदै पार्किङ स्थलको निगरानी बढाएको प्रहरीले आइतबार बिहान पार्कमा आएका व्यक्तिलाई नियन्त्रणमा लिई डेलिभरी भ्यानको खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो।

लागूऔषधको स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खतरनाक लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका ३४ वर्षीय व्यक्तिलाई आज (मंगलबार) क्वान तङ अदालतमा उपस्थित गराइनेछ।

यस्तो अपराधमा आजीवन जेल सजाय र ५० लाख हङकङ डलर जरिवाना हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .