हङकङमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

हङकङमा भ्यानको ठक्करबाट वृद्धाको मृत्यु

भ्यानमुनिबाट निकालिएकी महिलालाई घटनास्थलमै मृत घोषित गरिएको थियो (एससीएमपी)


नेपालखबर
साउन १६, २०८१ बुधबार १३:२३, हङकङ

हङकङको काउलुनमा डेलिभरी भ्यानले ठक्कर दिँदा ७० वर्षीया महिलाको मृत्यु भएको छ।

आज (बुधबार) बिहान भ्यान चालकले नै आफ्नो गाडीले महिलालाई ठक्कर दिएको प्रहरीलाई रिपोर्ट गरेका थिए।

बिहान १० बजे एन्कर स्ट्रिटमा रहेको आइक्लब मङकक होटल बाहिर घटना घटेको भनी प्रहरीलाई खबर गरिएको थियो। उद्धार टोलीले गाडीमुनि फसेकी महिलालाई बाहिर निकालेको थियो। उनलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीलाई उद्धर्त गर्दै साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिउँसो २ बजेसम्म कसैलाई पनि पक्राउ गरेको छैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .