यी हुन् मुख्यभूमिको ५ वर्षे यात्रा अनुमति प्राप्त गर्ने गैरचिनियाँ पहिलो हङकङेली

यी हुन् मुख्यभूमिको ५ वर्षे यात्रा अनुमति प्राप्त गर्ने गैरचिनियाँ पहिलो हङकङेली

बचनर परिवार (एससीएमपी)


फियोना सन
साउन १६, २०८१ बुधबार १५:५७, हङकङ

मुख्यभूमि चीनको बहु-प्रवेश यात्रा अनुमतिका लागि निवेदन दिने योग्य आवेदकमध्ये बुधबार पहिलो समूहले अनुमति पत्र प्राप्त गरेका छन्।

सफल आवेदकमध्ये सबैभन्दा पहिले अनुमति पत्र संकलन गर्नेमध्येमा अस्ट्रियन चेम्बर अफ कमर्स, हङकङ तथा मकाउका पूर्वसदस्य अल्फ्रेड बचनरको परिवार पनि बन्न पुगेको छ (माथि तस्बिर)।

बचनरले बुधबार बिहान श्रीमती र छोरीका साथ अनुमतिपत्र संकलन गरेका थिए।

बचनर व्यापारी हुन्। व्यापारका क्रममा मुख्यभूमि आउजाउ गरिरहनुपर्ने उनलाई नयाँ व्यवस्थाले निकै प्रोत्साहित बनाएको छ।

‘अबको यात्रा निकै सजिलो हुनेछ,’ बचनर भन्छन्, ‘यो व्यवस्थाले कामका लागि मात्र नभई मुख्यभूमिमा धेरै पटक यात्रा गर्न प्रोत्साहित गर्नेछ।’

बचनर अर्को सप्ताहन्तमा परिवारसँग सेन्जेन जाने योजनामा छन्। जहाँ उनी अन्तिम पटक सात वर्षअघि पुगेका थिए।

सिंगापुर चेम्बर अफ कमर्स, हङकङका सदस्य ग्यारी लिम बुम पनि पहिलो ब्याचमै पर्ने सफल आवेदकमध्ये एक हुन्।

अनुमति पत्र प्राप्त गरेपछि प्रतिक्रिया दिँदै उनले सेन्जेन तथा हङकङ, मकाउ र ग्वान्दोङ प्रान्तका ९ सहरलाई जोड्ने गे्रटर बे एरियामा भ्रमण गर्ने योजना सुनाए। उनले अगस्टको मध्यमा मुख्यभूमिको भ्रमण गर्नेछन्।

यसैगरी, मलेसियन चेम्बर अफ कमर्स, हङकङ तथा मकाउका अध्यक्ष गान खाइले पनि पहिलो समूहमै यात्रा अनुमति पत्र पाएका छन्।

चाइना ट्राभल्स सर्भिस (हङकङ)को सेउङवान केन्द्रबाट अनुमति पत्र लिएका खाइ सन् १९८० को दशकको सुरुआतदेखि नै मुख्यभूमिका विभिन्न ठाउँमा गइसकेका छन्।

यो अनुमति पत्र पाएपछि अब महिनामा १/२ पटक मुख्यभूमिको यात्रा गर्ने उनले सुनाए।

गान खाइ

मलेसियाली खाइ अर्को हप्ता जियाङ्सु प्रान्तको वुसी सहर जाने योजनामा छन्। जहाँ उनले घरजग्गा, होटल तथा उत्पादनमा लगानी गरेका छन्।

‘यस ट्राभल कार्डबाट हामी धेरै खुसी छौँ। किनभने हामी अब सजिलैसँग मुख्यभूमिको भ्रमण गर्न सक्छौँ,’ खाइ भन्छन्, ‘अब भिसा वा एपेक कार्डको लागि आवेदन दिनु पर्दैन। जसले समयको बचत हुनुका साथै झन्झटबाट पनि मुक्त भइन्छ।’

नयाँ व्यवस्थाबाट उत्साहित आफ्नो चेम्बरका धेरै सदस्यले अनुमतिका लागि आवेदन दिएको उनले सुनाए।

१ जुलाईमा घोषणा गरिएको नयाँ व्यवस्थाले हङकङ र मकाउमा स्थायी बसोबास भएका गैरचिनियाँ नागरिकलाई छोटो अवधिको लगानी, आफन्तसँगको भेटघाट, पर्यटन, व्यापार, सेमिनार लगायतमा भाग लिन ५ वर्षे बहु–प्रवेश यात्रा अनुमति पत्र प्रदान गर्दछ।

अनुमतिप्राप्तकर्ताले प्रत्येक बसाइमा ९० दिन नबढाइकन मुख्यभूमिमा बिताउन पाउनेछन्। (एससीएमपीबाट अनूदित)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .