हङकङमा चिनियाँ ओलम्पिक टोलीको प्रदर्शन अर्को हप्ता : आधा घण्टामै सबै टिकट बिक्री

हङकङमा चिनियाँ ओलम्पिक टोलीको प्रदर्शन अर्को हप्ता : आधा घण्टामै सबै टिकट बिक्री

नेपालखबर
भदौ ६, २०८१ बिहिबार ११:५२, हङकङ

हङकङमा अर्को हप्ता हुने मुख्यभूमि चीनका ओलम्पियनहरूद्वारा प्रदर्शन हुने गाला शोको टिकट आधा घण्टामा सबै बिक्री भएका छन्।

बिहीबार बिहान १० बजे नै टिकट खरिदका लागि ३७ हजारभन्दा बढी मानिसको चाप बढेको थियो।

मुख्यभूमिका ओलम्पियन स्टारहरूद्वारा प्रदर्शन हुने ब्याडमिन्टन, जिम्न्यास्टिक र टेबिल टेनिसका शोको टिकट लिनेको लाइन अन्यमा भन्दा बढी थियो। त्यस्तै, पौडी र डाइभिङ प्रदर्शनीका टिकट पनि धेरै बिकेका थिए।

हङकङ डलर २० का जम्मा ५,३०० टिकट बिक्री सुरु भएको ३५ मिनेटमै अर्थात् बिहान पौने ११ बजे सबै टिकट बिक्री भए।

मुख्यभूमिको राष्ट्रिय टोलीले अगस्ट २९ देखि ३१ सम्म हङकङको भ्रमण गर्ने कार्यतालिका छ।

प्रदर्शनी ३० अगस्ट बेलुका ८ बजे सुरु हुनेछ। भोलिपल्ट बिहान पदक विजेताहरूको प्रदर्शन हुनेछ।

टिकटहरू यूआरबीटीआईएक्सको इन्टरनेट, मोबाइल एप र क्रेडिट कार्ड टेलिफोन बुकिङ सेवामार्फत बिक्री गरिएको थियो।

उक्त टिकटहरू वास्तविक नामको आधारमा बेचिएका छन्। अरूको नामको टिकटमा प्रदर्शनी हेर्न जान पाइने छैन।

प्रवेशका लागि तस्बिरसहितको पहिचान खुल्ने कागजात पेस गर्नुपर्नेछ। पहिचानका लागि अग्रिम आउन सांस्कृतिक सेवा विभागले आह्वान गरेको छ।

टिकट नभएकाहरूले भने प्रदर्शनीलाई टेलिभिजनबाट हेर्न पाउनेछन्। संस्कृति, खेलकुद तथा पर्यटन सचिव केभिन युङले प्रदर्शनीको सुरुका केही सत्र टेलिभिजनबाट प्रसारण गरिने बताए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .