मकाउमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले जिते आधा दर्जन बढी पदक

मकाउमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले जिते आधा दर्जन बढी पदक

मगेन्द्र राई
भदौ १०, २०८१ सोमबार २२:११, हङकङ

मकाउमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरूले आधा दर्जन भन्दा बढी पदक हात पारेका छन्।

गत शनिबार र आइतबार मकाउको ताप सेअक मल्टिस्पोर्ट्स पाभिलियन हलमा सम्पन्न ग्रेटर बे कप तेक्वान्दो इन्टरनेसनल सिरिजको प्रतियोगितामा नेपाली खेलाडीहरूले पदक जितेका हुन्।

जस अनुसार प्रतियोगिताको पुरुष ह्यान्ड उड ब्रेकिङ मार्फत डेनिड विकले स्वर्ण पदक हात पारेका छन्। १२ वर्षीय अशिम श्रेष्ठले ३६ केजीतर्फ रजत पदक सहित बेस्ट फाइटरको उपाधि उचालेर चर्चा कमाए।

हङकङबाट गएका नोबेल, आफ्ना पिता मास्टर चेतन गुरुङसँग

त्यसैगरी ८० केजीमुनी सुरज कार्कीले रजत, ६८ केजीमुनी विमल रोकायाले रजत पदक जिते भने क्याडेट मेल ४९ केजीतर्फ प्रबल विक्रम बानिया र नोएल गुरुङले कास्य पदक हासिल गरेका छन्। नोएल हङकङ निवासी मास्टर चेतन गुरुङका छोरा हुन्। नोएलले हङकङमा स्वर्ण पदक समेत जितिसकेका छन्।

महिलातर्फ सिनियर ७३ केजीमाथि तर्फ मुना खवास मगरले रजत पदक जितिन्। क्याडेट फिमेल इन्डिभिजुअल पुम्सेतर्फ अनुजा राईले कास्य पदक हात पारेकी छन्। क्याडेट फिमेल ५३ केजीतर्फ अन्जली लामाले कास्य पदक हात पारेकी थिइन्।

वेस्ट फाइटर असिम

प्रतियोगितामा ९ खेलाडी र अफिसियल्स सहित कुल ११ जनाको टोली नेपालबाट आएका थिए। प्रतियोगिताहरू नोएल गुरुङ र ओमप्रकाश खड्का क्रमशः हङकङ र मकाउबाट गएका थिए। टोली व्यवस्थापकको भूमिकामा अमरबहादुर श्रेष्ठ थिए भने कुमार लामा घिसिङले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतियोगितामा आधा दर्जन भन्दा बढी राष्ट्रका सयौं प्रतियोगीहरूको सहभागिता रहेको थियो।
 
प्रतियोगिता पश्चात साँझमा नेपाली खेलाडीहरूलाई मकाउको नेपाली संस्था ‘ब्रदरहुड एसोसिएसन’ले सम्मान गरेको थियो। उक्त सम्मान कार्यक्रममा खेलाडीहरूको मनोबल बढाउन ब्रदरहुडले ५० हजार रुपैयाँ तथा पाकिस्तानी व्यापारी अलि भटले २ लाख रुपैयाँ गरी कुल २ लाख ५० हजार रुपैयाँ नगद सहयोग समेत गरेका थिए।

खेलाडीलाई ब्रदरहुडको सम्मान

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .