हङकङलाई पेरिस ओलम्पिकमा पहिलो पदक, पौडीबाज लामले जितिन् रजत

हङकङलाई पेरिस ओलम्पिकमा पहिलो पदक, पौडीबाज लामले जितिन् रजत

पौडीबाज चान युइ-लामले पेरिस ओलम्पिकमा हङकङलाई पहिलो पदक दिलाएकी छन् (तस्बिर : चीन हङकङ पारालम्पिक समिति)


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १६:२०, हङकङ

पेरिस २०२४ पाराओलम्पिकको महिलातर्फ १०० मिटर बटरफ्लाइ प्रतियोगितामा पौडीबाज चान युइ-लामले दोस्रो हुँदै रजत पदक जितेकी छन्। यो सँगै हङकङले पेरिस ओलम्पिकमा पहिलो पदक हासिल गरेको छ।

२० वर्षीय चान बिहीबारको खेलमा १:०३.७० मा पार गरी दोस्रो स्थानमा आएकी हुन्। यो समय पौडी खेलाडीको व्यक्तिगत नतिजामा उत्कृष्ट हो।

यो प्रतियोगितामा बेलायतकी पपी मास्किलले स्वर्ण जितिन् भने रुसी पौडीबाज भेलेरिया शाबालिनाले कास्य पदक हात पारिन्।

पपी मास्किल (तस्बिर : चीन हङकङ पारालम्पिक समिति)

पेरिस खेल चानको दोस्रो पारालम्पिक हो। उनी तीन वर्षअघि आयोजित टोकियो पाराओलम्पिकका लागि पनि छनोट भएकी थिइन्। चीन हङकङ पाराओलम्पिक समितिका अनुसार त्यतिबेला १७ वर्षकी उनी प्रतिनिधिमण्डलको सबैभन्दा कान्छी खेलाडी थिइन्। त्यस वर्ष १०० मिटर बटरफ्लाइ प्रतियोगितामा उनी चौथो भएकी थिइन्।

पेरिस ओलम्पिकमा हङकङलाई पहिलो पदक दिलाएकी चानलाई प्रमुख कार्यकारी जोन लीले बधाई दिएका छन्। साथै उनले हङकङका खेलाडीको असाधारण क्षमताको प्रदर्शन भनी प्रशंसा समेत गरेका छन्।

शुक्रबार विज्ञप्तिमार्फत प्रमुख लीले भनेका छन्, ‘म चाहन्छु कि, हङकङ-चीनको प्रतिनिधिमण्डलले अन्य खेलमा पनि उल्लेखनीय नतिजा हासिल गर्दै हङकङका लागि सम्मानजनक स्थान दिलाउनेछ।’

चानले पाराओलम्पिकमा फ्रिस्टाइल र ब्याकस्ट्रोकलगायत पौडीका अन्य खेलमा पनि प्रतिस्पर्धा गर्नेछिन्।

खेलको पहिलो दिन बिहीबार हङकङका खेलाडीले पौडीका अतिरिक्त बोकिया, ब्याडमिन्टन र आर्चरीमा पनि प्रतिस्पर्धा गुेका थिए। (एचकेएफपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .