हङकङमा नेपालीको हाइकिङ क्रेज बढ्दो, पदयात्रासँगै रनिङ संघले गर्‍यो प्लास्टिकजन्य फोहोर संकलन

हङकङमा नेपालीको हाइकिङ क्रेज बढ्दो, पदयात्रासँगै  रनिङ संघले गर्‍यो प्लास्टिकजन्य फोहोर संकलन

सन्तोष तामाङ
भदौ १६, २०८१ आइतबार २२:४०, हङकङ

हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघले आइतबार हाइकिङ (पैदल यात्रा) का साथै फोहोर संकलन कार्य गरेको छ। लान्ताउ ट्रेल सेक्सन २ अन्तर्गत  लान्ताउको पाककुङ आउबाट मुइओ सिलभरमाइन झरनासम्मको ६ किलोमिटर दूरीमा संघले उक्त कार्यक्रम गरेको हो।

संघले हाइकिङसँगै प्लास्टिकजन्य फोहोर संङ्कलन गरेको यो चौथो शृङ्खला हो।

उपस्थित व्यक्तिहरूबीच धन्यवाद टक्र्याउँदै संस्थाका अध्यक्ष वेदराज लिम्बुले आइतबारको कार्यक्रमको सुरुआत गरेका थिए। पैदलयात्राले शारीरिक तन्दुरुस्ती दिलाउने हुँदा यो कार्य एउटा संस्थाको हितको लागि नभई सहभागी स्वयंको लागि भएको उक्त अवसरमा अध्यक्ष लिम्बुले बताएका थिए।

त्यस्तै, संघका संयोजक भेषराज भट्टराईले वातावरणमा थुप्रिएको प्लास्टिकले मानव जीवन र जैविक विविधतामा प्रभाव पार्ने बताए। प्लास्टिकजन्य पदार्थका कारण ट्रेलहरूको वातावरण घिनलाग्दो देखिनुका साथै हुर्किँदा बोटबिरुवालाई समेत असर गर्दा मानव जीवनलाई पनि हानि गर्ने उनको कथन थियो।

हङकङमा सहरभन्दा केही बाहिर साइकुङ, माओन शान, लान्ताउ वरपरका ट्रेलहरू स्वदेशी तथा विदेशीका लागि रोजाइमा पर्ने गरेका छन्। यी मार्ग नेपालीहरूको पनि रोजाइमा पर्ने गरेका छन्। यसैले पनि यी स्थानलाई सुन्दर बनाउनु हामी सबैको दायित्त्व भएको संघकी उपाध्यक्ष दिलु लिम्बुले बताइन्।

संघले पछिल्लो समय महिनाको एकपटक हाइकिङ गर्ने परम्पराको विकास गर्दै आएको छ। संयोजक भट्टराईका अनुसार छोटो तथा लामो दूरीका ट्र्याकमा प्राकृतिक अवलोकनसहित एक्लै वा परिवारसँग हाइकिङ गर्ने व्यवस्था मिलाइएको छ।

लामो यात्रामा जान नसक्ने तथा ट्रेलको ज्ञान नभएकाहरूका लागि पनि सम्बन्धित रुटसम्म जान र फर्किनको लागि सटलबसको समेत व्यवस्था भएको उनले बताए। हिँड्न नसक्नेहरूका लागि त्यहीअनुसारको रुट तय गरिने उनी बताउँछन्।

भट्टराईका अनुसार आजको हाइकिङमा ७० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो।

सहरी जीवनशैलीको उकुसमुकुसबाट अलग्गिएर स्वच्छ हावापानी अनि प्रकृतिसँग रमाउने संस्कार हिजोआज हङकङेलीमाझ बढ्दो छ। विशेषगरी बिदाको दिन मानिसहरूमा हाङकिङ मोह बढ्दै गएको छ। यस्ता समूहमा विदेशीका साथै नेपालीहरूको पनि बाक्लै उपस्थिति हुने गरेको देखिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .