हङकङमा टाइफुन : टी३ संकेत कम्तीमा भोलि दिउँसोसम्म, बिहीबार थपिन सक्ने

हङकङमा टाइफुन : टी३ संकेत कम्तीमा भोलि दिउँसोसम्म, बिहीबार थपिन सक्ने

अब्जर्भेटरीका अनुसार चेतावनी संकेत भोलि अझ बढ्न सक्नेछ (फाइल तस्बिर : एससीएमपी)


नेपालखबर
भदौ १९, २०८१ बुधबार १८:१८, हङकङ

टाइफुन यागीका कारण हङकङ अब्जर्भेटरीले बुधबार साँझ ६:४० बजे टाइफुन नम्बर ३ संकेत जारी गरेको छ।

तीव्र रूपमा अघि बढिरहेको टाइफुन यागी सहरको अझ नजिक आउने सम्भावना औँल्याउँदै अब्जर्भेटरीले भोलि (बिहीबार) यो संकेत अझ बढ्न सक्ने जनाएको छ भने लागु भएको ३ नम्बर संकेत कम्तीमा भोलि दिउँसोसम्म कायम रहनेछ।

मौसम पर्यवेक्षकका अनुसार यागीले लगातार पश्चिमतर्फ ट्र्याक गरेको छ र विगत केही घण्टामा तीव्र रूपमा अघि बढेको छ। यसले पूर्वी ग्वान्दोङको तटीय क्षेत्रलाई बढी असर गरिरहेको छ।

वर्तमान पूर्वानुमान ट्र्याकअनुसार नै यागी अघि बढ्यो भने भोलि दिउँसोदेखि रातिसम्ममा उच्च उष्णकटिबन्धीय चक्रवात चेतावनी संकेत जारी गर्न आवश्यक पर्नसक्नेतर्फ अब्जर्भेटरीले औँल्याएको हो।

यसको मतलब अहिले टी३ संकेत जारी गरिएकोमा यो बढ्न सक्छ। यसको अर्थ ४१ देखि ६२ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने अनुमान गरिएको छ।

बेलुका पौने ८ बजे अद्यावधिक गरिएको अब्जर्भेटरीको बुलेटिनअनुसार टाइफुन ८ बजे हङकङको ४५० किलोमिटर दक्षिणपूर्वमा रहने अनुमान गरिएको थियो।

‘कडा हावा संकेत नम्बर ३, कम्तीमा भोलि दिउँसोसम्म कायम रहनेछ,’ पौने ८ बजे जारी बुलेटिनमा भनिएको छ, ‘यदि यागी हालको पूर्वानुमान ट्र्याकअनुसार अघि बढ्यो र तीव्रता जारी राख्यो भने स्थानीय वायु भोलि थप बलियो हुनेछ। अब्जर्भेटरीले भोलि दिउँसोदेखि रातिको बीचमा उच्च उष्णकटिबन्धीय चक्रवात चेतावनी संकेतहरू जारी गर्न आवश्यक हुन सक्छ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .