हङकङमा साँझ टी८ संकेत जारी हुने, टाइफुन यागी सहरबाट ३ सय किमिको दूरीमा

हङकङमा साँझ टी८ संकेत जारी हुने, टाइफुन यागी सहरबाट ३ सय किमिको दूरीमा

हङकङ अब्जर्भेटरीले साँझ ६:२० मा टी८ संकेत जारी गर्नेछ (एससीएमपी)


नेपालखबर
भदौ २०, २०८१ बिहिबार ११:२३, हङकङ

हङकङ अब्जर्भेटरीले बिहीबार बेलुका ६:२० मा टाइफुन नम्बर ८ संकेत जारी गर्ने भएको छ।

यतिखेर हिजो साँझ ६:४० मा जारी गरिएको टी३ संकेत कायमै छ। किन्डरगार्टेन तथा विशेष विद्यालयहरू बन्द गरिएको छ।

अब्जर्भेटरीले टाइफुन यागी बिहीबार रातिदेखि शुक्रबार बिहानसम्ममा सहरको दक्षिणपश्चिममा ३ सय किलोमिटरको दूरीमा रहने अनुमान गरेको छ।

बिहान ११ बजे यो हङकङको ३८० किलोमिटर दक्षिणपूर्वमा रहेको अनुमान गरिएको थियो। दिउँसो १२:४५ मा अद्यावधिक अब्जर्भेटरीको बुलेटिनमा ३७० किलोमिटरको दूरीमा रहेको जनाएको छ।

‘यागी परिपक्व आँधी हो। हालको पूर्वानुमानअनुसार यागी सुपर टाइफुनको तीव्रतामा रहनेछ र भोलि बिहान हङकङको दक्षिणपश्चिममा करिब ३ सय किलोमिटर स्कर्ट हुनेछ,’ उक्त बुलेटिनमा भनिएको छ, ‘यागीसँग सम्बन्धित आँधीले पर्ल नदी वरपरको क्षेत्रमा आज राति र भोलि बिहान असर गर्ने अनुमान गरिएको छ।’

टी८ संकेत लागु हुनेबारे अब्जर्भेटरीले थप भनेको छ, ‘स्थानीय वायु क्रमशः बलियो हुने र मौसम बिग्रनेछ। आज साँझ ६:२० मा अब्जर्भेटरीले आँधीको संकेत, नम्बर ८ जारी गर्नेछ।’

पूर्वानुमानकर्ताले जनतालाई तटीय क्षेत्रबाट टाढा रहन र पानीसम्बन्धी खेलहरूमा संलग्न नहुन सुझाव दिएका छन्। बाहिरी क्षेत्रमा काम गर्ने कामदारहरूलाई मौसम परिवर्तनबारे सतर्क रहन पनि अब्जर्भेटरीले आग्रह गरेको छ।

साथै, शुक्रबार सहरमा भारी वर्षा हुने समेत अब्जर्भेटरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .