प्रवेश नियम सहज भएपछि हङकङ प्रहरीमा आवेदकको संख्या ह्वात्तै बढ्यो

प्रवेश नियम सहज भएपछि हङकङ प्रहरीमा आवेदकको संख्या ह्वात्तै बढ्यो

नीति परिवर्तनपछि प्रहरीमा आवेदन दिने ४६ प्रतिशतले बढेका छन् (एससीएमपी)


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार १३:४८, हङकङ

हङकङमा प्रहरी अधिकारी बन्नको लागि आवेदन दिनेको संख्या गत आर्थिक वर्षको तुलनामा ४६ प्रतिशतले वृद्धि भएको छ।

आधिकारिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२४ मा निरीक्षक र हवल्दारका लागि आवेदन दिनेको संख्या ११ हजार ६ सय ९८ छ जुन अघिल्लो आर्थिक वर्षमा ७ हजार ९ सय ९७ थियो।

जवानमा पनि गत आर्थिक वर्षको भन्दा ३५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७१९ भर्ना भएकामा यस आर्थिक वर्षमा ९७२ जना भर्ती भएका छन्।

‘हामीले गरेको कडा परिश्रमले राम्रो नतिजा देखाएको छ,’ प्रहरी भर्ती डिभिजनका सुपरिटेन्डेन्ट वाल्टर चान किटलाई उद्धृत गर्दै द स्ट्यान्डर्डमा उल्लेख छ, ‘मलाई विश्वास छ कि यो संख्याले नीतिमा भएको परिवर्तनको सफलतालाई प्रतिबिम्बित गर्दछ।’

हङकङ प्रहरी बललमा ६ हजारभन्दा बढी दरबन्दी छन्। प्रत्येक वर्ष २ सय ४० निरीक्षक र १ हजार ३ सय ५० जना हवल्दारलाई तालिम दिन सकिने चान बताउँछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .