हङकङमा घट्यो टाइफुनको प्रभाव, संकेत टी३ मा झर्‍यो

हङकङमा घट्यो टाइफुनको प्रभाव, संकेत टी३ मा झर्‍यो

यागीको प्रभाव कम हुँदै गएपछि टी८ संकेतलाई टी३ मा झारिएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
भदौ २१, २०८१ शुक्रबार ११:४४, हङकङ

टाइफुन यागीको प्रभाव हङकङमा कम हुँदै गएपछि अब्जर्भेटरीले टी८ संकेतलाई घटाएर टी३ कायम गरेको छ।

दिउँसो १२:४० मा प्रकाशित बुलेटिनमा सुपर टाइफुन यागी सहरको ४१० किलोमिटर दक्षिणपश्चिममा रहेको, हङकङबाट बाहिरिने क्रम जारी रहेको तथा स्थानीय हावा बिस्तारै कमजोर हुँदै गइरहेको जनाउँदै अब्जर्भेटरीले टी८ संकेत रद्द गरी टी३ जारी गरेको हो।

‘नम्बर ३ संकेत केही समयको लागि लागु रहनेछ। यागीसँग सम्बन्धित रेनब्यान्डले आज पनि पर्ल नदी मुहान वरपरको क्षेत्रलाई असर गर्नेछ। हङकङमा भारी वर्षा ल्याउनेछ। बेलाबेला हिंस्रक हावा आउनेछ,’ बुलेटिनमा उल्लेख छ।

यागीबाट उत्पन्न खतरा कम हुँदै गएपछि ३ नम्बर संकेतलाई घटाएर १ जारी गर्ने पनि बुलेटिनमा उल्लेख छ।

यसैबीच, हङकङ सरकारले राति १० बजेसम्म आफ्नो कल सेन्टरमा ७९ वटा रुख ढलेको र एक ठाउँमा बाढी आएको जनाएको छ। अधिकारीहरूका अनुसार हावाहुरीका कारण दुई पुरुष र तीन महिला घाइते भएका छन्। उनीहरूको सरकारी अस्पतालमा उपचार भइरहेको छ।

यसका साथै प्राकृतिक प्रकोपका कारण अप्ठेरोमा परेकाहरूका लागि राहत दिनका लागि ३० वटा अस्थायी आश्रय खोलिएका छन्। जसमा, हालसम्म २ सय ६९ मानिसले शरण लिएको अधिकारीहरूलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .