एसियाटिक ब्लड टेल भनेर चिनिने दुर्लभ प्रजातिको गाइने किरा (ड्रागनफ्लाइ) हङकङमा पहिलो पटक देखिएको अध्येताहरूले बताएका छन्।
लान्ताउ टापुस्थित सिमसार क्षेत्रको सर्वेक्षण गर्ने वातावरणीय समूहले रेकर्ड गर्न सुरु भएदेखि यो प्रजाति पहिलो पटक हङकङमा देखिएको बताएका हुन्।
नयाँ प्रजाति सहरमा देखिएसँगै यसको प्राकृतिक बासस्थानको संरक्षणमा लाग्न समूहले आह्वान गरेको छ।
विशेषगरी सिमसार क्षेत्रलाई खतरामा पार्न सक्ने ल्यान्ड रिजोनिङविरुद्ध सशक्त रूपमा लाग्ने समूहले आह्वान गरेको हो।
समूहले अगस्टमा नियमित ड्रागनफ्लाइ इकोलोजिकल सर्वेक्षणका क्रममा तुङचुङ नदीको नजिक यो प्रजाति फेला पारेको हो।
समूहले खिचेका तस्बिरमा गाइने किराको सेतो अनुहार, निधारमा खैरो दाग, खैरो छाती र कालो पट्टीसहितको रातो पेट रहेको छ।
छातीमा खैरो-सेतो आवरण रहेको यो गाइने किरा पुरुष प्रजातिको रहेको समूहले जनाएको छ। (एससीएमपी)
Shares
प्रतिक्रिया