हङकङबाट मुम्बईका लागि उड्न लागेको क्याथे प्यासिफिकको विमानमा एक यात्रुको मृत्यु भएको छ।
आइतबार राति भारतीय सहरका लागि टेकअफ गर्नुअघि सीएक्स६६३ उडानमा ७१ वर्षीय जर्मन नागरिक बेहोस भएको हङकङ प्रहरीले जनाएको छ।
बेहोस भएका उनलाई तत्काल उत्तरी लान्ताउ अस्पताल लगिएको थियो। जहाँ उनलाई मृत घोषित गरियो। मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।
विमानस्थल प्राधिकरणको वेबसाइटमा उल्लेख भएअनुसार उडान आइतबार बेलुका ८:४५ मा हङकङबाट छुट्ने तालिका थियो।
तर, यात्रु बिरामी परेपछि डिले भएको विमान राति ९:५१ बजे प्रस्थान गरेको थियो। (एससीएमपी)
1.5k
Shares
प्रतिक्रिया