हङकङ : क्याथेको उडानमा खाएको खानाले बिरामी परेको यात्रुको आरोप

एयरलाइन्स भन्छ- अनुसन्धान हुँदैछ, असुविधाप्रति क्षमा चाहन्छौँ
हङकङ : क्याथेको उडानमा खाएको खानाले बिरामी परेको यात्रुको आरोप

चेङ्दुबाट हङकङको उडानमा खाना खाँदा बिरामी परेको एक यात्रुले बताएकी छन् (फाइल तस्बिर)


नेपालखबर
भदौ २६, २०८१ बुधबार १०:२२, हङकङ

हङकङको एयरवेज क्याथे प्यासिफिकको उडानमा खाएको खानाले आफूले बिरामी परेको आरोप एक यात्रुले बताएपछि एयरवेजले खाद्य विषक्तताको मामलामा अनुसन्धान सुरु गरेको जनाएको छ।

मंगलबार साँझ ५ बजे चेङ्दुबाट उडान सीएक्स९८७ बाट हङकङ आइपुगेकी ती यात्रुले आफूले अर्डर गरेको माछा खाएपछि पेट फुल्ने, दुख्ने तथा पाखाला लाग्ने समस्या भएको बताएकी छन्।

यस विषयमा साउथ चाइना मर्निङ पोस्टले एयरलाइन्समा सम्पर्क गर्दा घटनाको पुष्टि भएको जनाएको छ।

‘अहिले विस्तृत अनुसन्धान भइरहेको छ,’ एयरलाइन्सलाई उद्धृत गर्दै पोस्टले लेखेको छ, ‘हामी खाद्य सुरक्षालाई गम्भीरताका साथ लिन्छौँ र यात्रुलाई पर्न गएको असुविधाको लागि इमान्दारीपूर्वक क्षमा चाहन्छौँ।’

त्यस्तै, पीडित यात्रुले आफू हङकङ आइपुगेपछि एयरपोर्ट क्लिनिकमा गएको र क्याथेले आफूलाई साथ दिने प्रस्ताव राखेको बताइन्।  उनले मेडिकल शुल्क कम्पनीले तिर्नुपर्ने समेत माग गरेकी छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .