हङकङको लान्ताउमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

हङकङको लान्ताउमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

सिङफाइ अर्चर्ड बस स्टप नजिकै केङसान रोडमा साइकल यात्रीलाई बसले ठक्कर दिएको हो (द स्ट्यान्डर्ड)


नेपालखबर
भदौ ३०, २०८१ आइतबार १६:११, हङकङ

हङकङको लान्ताउ टापुमा टुर बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आइतबार दिउँसो ३ बजे सिङफाइ अर्चर्ड बस स्टप नजिकै केङसान रोडमा साइकलमा यात्रारत महिलालाई बसले ठक्कर दिएको हो।

दुर्घटनाका कारण उक्त सडक मार्गमा ट्राफिक जाम भएको थियो। यातायात विभागले लान्ताउ टापुमा चल्ने धेरै बस सेवा प्रभावित भएको जनाएको छ।

विभागका अनुसार मुईओबाट ताइओको रुट नं. १ र तुङचुङबाट ताइओको रुट नं. ११ लाई शेकपिकसम्म कायम गरिएको छ।

त्यस्तै, गङपिङदेखि ताइओसम्मको रुट नं. २१ लाई निलम्बित गरिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .