हङकङ : बालदुर्व्यवहारको आरोपमा घरेलु कामदार पक्राउ

हङकङ : बालदुर्व्यवहारको आरोपमा घरेलु कामदार पक्राउ

पीडित बालिकाको क्विन एलिजाबेथ अस्पतालमा उपचार गरिएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
असोज ६, २०८१ आइतबार १३:१४, हङकङ

आफ्नै हेरचाहमा रहेकी बालिकालाई दुर्व्यवहार गरेको आरोपमा हङकङमा एक घरेलु कामदारलाई पक्राउ गरिएको छ।

कामदारको हेरचाहमा छोडिएकी आफ्नी ३ वर्षीया छोरीको हात, ढाड र कम्मरमा चोट लागेको पाएपछि एक महिलाले शनिबार प्रहरीमा रिपोर्ट गरेकी थिइन्।

सूचना पाएपछि काइतकस्थित घटनास्थल पुगेको प्रहरीले कामदारले आफ्नो नङद्वारा बालिकालाई घाइते बनाएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। त्यसपछि २७ वर्षीया फिलिपिनो महिलालाई बालदुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो। पीडित बालिकालाई क्विन एलिजाबेथ अस्पताल पठाइएको थियो।

आरोपितलाई हिरासतमा राखिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .