हङकङको विलासी फ्ल्याटमा आगलागी, १ जनाको अवस्था अज्ञात

हङकङको विलासी फ्ल्याटमा आगलागी, १ जनाको अवस्था अज्ञात

कन्ड्युट रोडमा रहेको एलिगेन्ट टेरेसस्थित फ्ल्याटमा आगलागी भएको हो (तस्बिर : ह्यान्डआउट)


नेपालखबर
असोज ६, २०८१ आइतबार १६:५७, हङकङ

हङकङको मिड लेभल्स क्षेत्रमा रहेको एक अपमार्केट फ्ल्याटमा आइतबार आगलागी भएको छ।

कन्ड्युट रोडमा रहेको एलिगेन्ट टेरेस डेभलपमेन्टको टावर २ मा रहेको फ्ल्याटमा साँझ ५ बजेतिर आगलागी भएको हो।

आगलागी भएको फ्ल्याटमा एक जना बेहोस अवस्थामा फेला परेका थिए भने अन्य ५० जनालाई भवन बाहिर निकालिएको थियो। बेहोस व्यक्तिलाई उपचारार्थ वानचाइस्थित रुट्टोन्जी अस्पताल लगिएको छ। उनको अवस्था अज्ञात रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

फ्ल्याटमा लागेको आगो निभाउन दमकललाई करिब १५ मिनेट लागेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .