हङकङको सेन्ट्रलमा सोमबार एक व्यक्तिले अनौठो जुक्ति लगाएर आइफोन १६ ठगेका छन्। उनी नक्कली डिपोजिट स्लिप दिएर नयाँ आइफोन लिई फरार भएका हुन्।
दिउँसो करिब ३ बजे सेन्ट्रल स्टेसनको एक्जिट एचमा ली उपनामका ३१ वर्षीय व्यक्ति ठगिएको प्रहरीले जनाएको छ। उनले डिपोजिट स्लिप लिएर २५६ जीबीको नयाँ आइफोन १६ प्रो बेचेका थिए। तर, किन्ने व्यक्ति हिँडेपछि मात्र उनले डिपोजिट स्लिप नक्कली भएको थाहा पाएका थिए।
सन्दिग्ध व्यक्ति हङकङ आइल्यान्ड लाइनको दिशातर्फ गएको आशंकामा प्रहरीले खोजी कार्य अघि बढाएको छ।
प्रहरीलाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएअनुसार लीले केही दिन अघि मात्र किनेको उक्त फोन अनलाइनमा भेटेका ग्राहकलाई घाटा खाएरै बेच्न लागेका थिए।
एप्पलको आइफोन १६ भर्खरै मात्र लन्च भएको हो।
384
Shares
प्रतिक्रिया