हङकङमा समाजसेवी लालबहादुर गुरुङको श्रद्धाञ्जली सभा

हङकङमा समाजसेवी लालबहादुर गुरुङको श्रद्धाञ्जली सभा

सन्तोष तामाङ
असोज १६, २०८१ बुधबार १५:५०, हङकङ

गएको भदौ २९ गते दिवंगत भएका साहित्यकार तथा समाजसेवी लालबहादुर गुरुङको हङकङमा श्रद्धाञ्जली सभा गरिएको छ। कार्यक्रम आइतबार (२९ सेप्टेम्बर) मा जोर्डनस्थित इन्डियन क्लबमा भएको हो।

साहित्यका नक्षत्र गुरुङको ल्युकेमिया क्यान्सरबाट निधन भएको हो। ६८ वर्षीय उनी नेपालमा उपचाररत रहँदा १४ सेप्टेम्बरमा निधन भएको हो ।

२०१२ सालमा संखुवासभामा जन्मिएका गुरुङ हङकङमा जोर्डननिवासी हुन्। केही समय अघिदेखि अस्वस्थ भएका उनी नेपालमा रहेर उपचार गरिरहेका थिए।

हङकङमा रहेर समाजसेवा तथा नेपाली साहित्यको प्रवर्द्धनमा लामो समयदेखि सक्रिय गुरुङको निधनबाट हङकङेली नेपाली समाजले एक सच्चा अभिभावक गुमाएको छ।

दिवंगत गुरुङको श्रीमती, तीन छोरी र दुई छोरा छन्। उनी हङकङका नेपालीमा लोकप्रिय ज्याप स्टुडियोको संस्थापक हुन्। यो स्टुडियो हाल उनका जेठा छोरा विक्रम गुरुङले सञ्चालन गर्दै आएका छन्।

संखुवासभा समाज हङकङको बौद्धिक व्यक्तित्व, अभिभावक, सल्लाहकार, आजीवन सदस्य तथा हङकङमा रहेका दर्जन बढी संघ/संस्थाका सामाजिक, राजनीतिक तथा साहित्यिक क्षेत्रका अगुवा गुरुङ नेपालमा संखुवासभाको साविक पाङ्‌मा गाउँ विकास समितिको भूपू अध्यक्ष पनि हुन्।

गुरुङले हङकङमा प्रदेश १ गुरुङ समाज स्थापनाको लागि मुख्य भूमिका निभएका थिए। हङकङको नेपाली समाजमा उनको योगदान अमूल्य छ।

नेपालमा अन्तिम संस्कारपछि गुरङको हङकङमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। काठमाडौँस्थित लाजिम्पाटमा रहेको निवासमा अन्तिम संस्कार भएको थियो।

श्रद्धाञ्जली सभामा हङकङमा रहेका विभिन्न व्यक्तित्वले सम्बोधन गरेका थिए। कार्यक्रममा साहित्य स्रष्टा दाजु गुरुङले भने, ‘लालबहादुर गुरुङ समाजभित्रका सुन्दरता थिए। सबैलाई मनमोहक बनाइदिने सुगन्ध थिए।’

संखुवासभा समाज हङकङ, गुरुङ (तमु) समाज संखुवासभा हङकङ, तमु ट्हो ह्युल हङकङ, प्रदेश नं १ गुरुङ समाज हङकङ तथा हङकङ साहित्यिक साझा श्रृङ्खलाको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा संखुवासभा तथा अन्य क्षेत्रका नेपाली शुभचिन्तकको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .