हङकङमा पसलभित्रै पसेर भ्यानले ठक्कर दियाे, व्यापारी महिला बेहाेस (भिडियो)

हङकङमा पसलभित्रै पसेर भ्यानले ठक्कर दियाे, व्यापारी महिला बेहाेस (भिडियो)

मगेन्द्र राई
असार ३, २०७७ बुधबार ५:०,

हङकङमा आज (बुधबार) बिहान एक निजी गाडीले सटर पसलभित्रै पसेर ठक्कर दिँदा चिनियाँ महिला व्यापारी गम्भीर घाइते भएकी छन्।

ग्राहकको बाक्लो चहलपहल हुने जोर्डनस्थित तयारी पोसाक बिक्री गर्ने पसलमा बुधबार बिहान ११:३० बजे डब्लु एस १४३८ नम्बरको भ्यानले उनलाई ठक्कर दिएको हो।

चालकले नियन्त्रण गुमाएपछि गाडी पसलको आधा भाग भित्रसम्म पसेर ठक्कर दिँदा ती पसले महिला बेहोस भएकी छन्।

hvan

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल लगिएको छ। घटनास्थलमा अहिले प्रहरीलगायतको बाक्लो उपस्थिति छ।

चालक सिकारु भएको वा उसले मादक पदार्थ खाएर गाडी चलाएको आशंकामा प्रहरीले अनुसान्धन थालेको छ।

दुर्घटनास्थल नजिकै सब्जी र फलफूल बजार भएकाले बिहानदेखि बेलुकासम्म ग्राहकको भिड लाग्छ। जुन क्षेत्रमा नेपालीको बसोबास पनि बाक्लो छ।

सब्जी किन्न निस्किएकी एक नेपाली महिला प्रत्यक्षदर्शीले आफू पनि थोरैले बचेको बताइन्। 

‘बालबाल बचियो, सुरुमा त सपनाजस्तै लाग्यो, एक कदम मात्र अगाडि पछाडि भएको भए मेरो पनि कुन हालत हुन्थ्यो,’ नेपालखबरसँग उनले भनिन्, ‘सडकमा गुडिरहेको गाडी पसलभित्र पस्छ भनेर कसले सोच्न सक्छ र?’

हङकङ प्रहरीका अनुसार यहाँ वर्षमा कैयौं सडक दुर्घटना हुन्छन्, जसमा सयौं घाइते तथा मृत्यु हुने गरेका छन्।

भिडियाे: 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .