‘अब हङकङमा राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई चीन लैजान सकिन्छ’

‘अब हङकङमा राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्नेलाई चीन लैजान सकिन्छ’

मगेन्द्र राई
असार ३, २०७७ बुधबार ६:५६,

मुख्य क्षेत्र चीनले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन पारित गरेर त्यसलाई कार्यान्वयनमा ल्याउने तयारी भइसक्दा अब हङकङमा राष्ट्रिय अखण्डताविरुद्ध गतिविधि गर्न नपाइने र त्योसो गरिए उनीहरुलाई चीन लगेर मुद्दा चलाउन सकिने आरटीएचसँगको अन्तर्वार्ताका क्रममा तामले बताएका हुन्।

सो क्रममा उनले विदेशी नागरिक जसले हङकङमा हस्तक्षेपकारी भूमिका खेल्दछ उनीहरुलाई कसरी र कस्तो कारवाही गर्ने भन्ने निर्णय पनि बेइजिङ आफैंले लिनसक्ने बताएका छन्।

सोमबार मात्र हङकङ–मकाउ मामिला हेर्ने कार्यलयका उपनिर्देशक देङ झोङ्ह्वाले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा पुग्ने अवस्था सिर्जना भएमा त्यस्ता मुद्दामा बेजिङको क्षेत्राधिकार आवश्यक हुने बताएका थिए।

झोङ्वाको भनाइपछि तामको पछिल्लो अभिव्यक्ति आएको हो। के राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोपमा हङकङका व्यक्तिलाई मुद्दा चलाउन चीन लान सकिन्छ? भन्ने प्रश्नको जवाफमा तामले भने का छन्,‘यदि केन्द्र सरकारले त्यस्ता व्यक्तिहरूलाई मुख्य भूमिमा हस्तान्तरण गर्नु आवश्यक छ भन्ने लागेमा त्यो विकल्प खुल्ला हुनसक्छ। तर त्यो केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्र कसरी प्रयोग गर्ने कुरामा निर्भर गर्दछ।’

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङले कानून लागू गर्ने प्रक्रियालाई तीव्रता दिने बताएको छ। बेइजिङद्वारा पारित राष्ट्रिय सुरक्षा कानूनले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशजस्ता गतिविधिमा प्रतिबन्ध लगाउनेछ।

जसले हङकङमा चीन विरोधी गतिविधि गर्न बन्देज लगाउनेछ। बेइजिङ समर्थकहरुले हङकङको दिगो स्थायित्व, शान्ति र समृद्धीका लागि सुरक्षा कानून आवश्यक भएको बताएका छन् भने बेक्ष्जिङ बिरोधीहरुले उक्त कानुनले एक देश दुई प्रणालीको अन्त्य भै हङकङले पाएको उच्च स्वायत्तता गुम्ने दावी गर्दै आईरहेको बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .