हङकङका ३० लाख चिनियाँका लागि जनवरीदेखि बेलायत बस्ने ढोका खुल्दै

हङकङका ३० लाख चिनियाँका लागि जनवरीदेखि बेलायत बस्ने ढोका खुल्दै

मगेन्द्र राई
साउन ८, २०७७ बिहिबार ४:२९,

आगामी जनवरीदेखि हङकङवासी ब्रिटिस नेसनल ओभरसिज (बीएनओ) पासपोर्टवाला चिनियाँ नागिरकले बेलायतमा बसोबासका लागि आवेदन दिन पाउने भएका छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गत जुलाई १ मा गरेकाे घोषणाबमोजिम हङकङका त्यस्ता बासिन्दाले त्यहाँको नागरिक हुनाका लागि आवेदन दिन पाउने भएका हुन्। हङकङमा बीएनओ पासपोर्टवाला चिनियाँ ३० लाख छन्। 

बेलायतकी आन्तरिक मन्त्री प्रिती पटेलले हङकङका बीएनओवाहकलाई आगामी २०२१ जनवरीदेखि भिसाका लागि आवेदनका खोल्ने योजनामा रहेको जानकारी दिइन्। त्यसका लागि उनीहरूले कुनै सीप परीक्षा दिनु नपर्ने तथा आर्थिक अवस्था पेस गर्न नपर्ने उनले बताइन्। ‘उनीहरूलाई पूर्ण ब्रिटिस नागरिकता प्राप्त गर्ने अवसर दिँदैछौं,’ उनले भनेकी छन्।

उनीहरूले बेलायत आउनुअघि नै काम निश्चित गर्न नपर्ने, बेलायत आएरै काम खोज्न सक्ने र आफ्ना परिवारका  सदस्यलाई पनि साथै लिएर आउन पाउने उनले जानकारी दिइन्।

आवेदकले सुरुमा ३० महिने भिसा पाउनेछन्, त्यसपछि पुनः ३० महिनाका दरले म्याद थप गर्दै ५ वर्ष पुगेपछि बेलायती नागरिकताका लागि पनि आवेदन दिन पाउनेछन्।

यसअघि बीएनओ पासपोर्ट लिएका चिनियाँलाई बेलायतमा ६ महिनाभन्दा बढी नहुने गरी घुम्नका लागि मात्र भिसा दिइन्थ्यो।
अहिले बेलायतमा झन्डै १५ प्रतिशत बेरोजगार छन्। हङकङबाट ३० लाख चिनियाँ थपिए भने बेरोजगारी झन् बढ्ने देखिएको छ।

जसले गर्दा जागिर पाउनै मुस्किल हुने भन्दै बेलायतमा लामो समयदेखि बसोबास गरिरहेका एक नेपालीले नेपालखबरसँग चिन्ता प्रकट गरे।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .