प्रदूषणले स्वासप्रस्वास लगायत विभिन्न स्वास्थ्य समस्या निम्त्याउने भएकाले सरकारले बालबालिका र वृद्धवृद्धालाई घरभित्रै बस्न सुझाव दिएको एससीएमपीले जनाएको छ।
स्थानीय अधिकारीहरुका अनुसार विशेषगरी त्युन मुन, तुङ चुङ र साउथर्न डिस्ट्रिक्ट क्षेत्रका वायु बढी हानिकारक छन्।
त्यस्तै मङकङ, कजवे बे, सा तिन पो, कुन तोङ, युङ लङ, क्वाई चुङ, सुङ कन ओ, वेस्टर्न डिस्ट्रिक्ट, नर्थन डिस्ट्रिक्ट र ताप मुन क्षेत्रका हावामा दूषित छन्।
कोरोना भाइरसको प्रकोपबीच हङकङको वायू निकै प्रदूषित बनेको बताइएको छ। शनिबार मात्र हङकङमा ३ नयाँ कोरोना संक्रमित थपिएका छन्।
यससँगै यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ३६५ पुगेको छ। यहाँ १०७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ५ हजार १३९ उपचारपछि स्वस्थ बनेका छन्।
प्रतिक्रिया