अफ ड्युटीमा रहेका वेस्ट काउलिन रिजनका ती प्रहरी अधिकृतले सिम सा सुईको होटलमा २५ वर्षकी महिलामाथि बलात्कार गरेको आरोप लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
ती महिलाका अनुसार बिहीबार बलात्कार भएको हो। महिलाको उजुरीसँगै ती प्रहरी अधिकृतलाई निलम्बन गरिएको छ।
यस घटनाको थप अनुसन्धान गर्नका लागि उजुरीलाई काउलुनको क्षेत्रीय अपराध शाखामा पठाइएको छ।
हालसम्म आरोपित प्रहरीलाई पक्राउ गरिएको छैन। पछिल्लो समय हङकङको प्रहरीमाथि अविश्वसनियता बढ्दै गएको छ।
गत नोभेम्बरमा मात्र दुई प्रहरीमाथि २० वर्षकी महिला बलात्कारको आरोप लागेको थियो।
उनीहरुले बलात्कार गरेको पुष्टि भएको थियो। त्यस्तै चोरीको घटनामा पनि प्रहरीको नाम मुछिने गरेको छ।
प्रतिक्रिया