सोमबार हङकङको उच्च अदालतले २४ र २२ वर्षका युवालाई जेल सजाय तोकिदिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सन् २०१५ मा त्यसबेला १६ र १८ वर्षका उनीहरुले आफ्नै ९ वर्षकी बहिनीमाथि यौनहिंसा गर्न सुरु गरेका थिए।
उनीहरुले लगातार चार वर्षसम्म बहिनीमाथि यौनहिंसा गरेका थिए। सन् २०१८ मा १२ वर्ष पुगेकी उनले आफ्नी आमालाई आफ्ना दाईले दुर्व्यवहार गरेको बताएकी थिइन्।
तर आमाले उनीहरुलाई मात्र गाली गरेकी थिइन्। दुर्व्यवहारको क्रम नरोकिएपछि सन् २०१९ मा उनले विद्यालयका शिक्षकलाई यो विषय बताएकी थिइन्।
त्यसपछि भने यो विषयले नयाँ मोड लिएको थियो। सन् २०१९ मा बहिनीमाथि यौनहिंसा गरेको खबर आएपछि ती युवाहरुले जागिर गुमाएका थिए।
आमाले छोरीको कारण परिवार भाँडिएको बताएपछि उनी अहिले चिल्ड्रेन होममा बस्दै आएकी छिन्।
यतिबेला भने १६ वर्षकी किशोरीकी आमाले छोराहरुलाई नैतिक शिक्षा दिननसक्नु आफ्नै गल्ती भएको बताएकी छिन्।
Shares
प्रतिक्रिया