बेलायतमा सम्पन्न ‘समर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जिते

आगामी डिसेम्बरमा नेपाल-भारत टेनिस टुर
बेलायतमा सम्पन्न ‘समर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जिते

मगेन्द्र राई
साउन ७, २०८० आइतबार २१:२४, हङकङ

बेलायतमा नेपालीहरूद्वारा स्थापित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एकदिवसीय ‘समर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जितेका छन्। उनी गत वर्षको डिफेन्डिङ च्याम्पियन हुन्। 

गत शनिबार कोल्चेस्टरस्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स डिभिजन ए तर्फको  फाइनल खेलमा शीर्ष वरीयताका राईले कृष्ण थापा मगरलाई ४–१, ४–१ को सोझो सेटमा पाखा लगाउँदै उपाधि हात पारेका हुन्। फाइनल खेल फास्ट फोर फर्म्याटमा खेलाइएको थियो।

गत अप्रिलमा हार्डकोर्टमा भएको स्प्रिङ टुर्नामेन्टको फाइनल खेलमा निकै टक्कर दिएका कृष्णले ग्रास कोर्ट मा वारोकलाई चुनौती दिन सकेकन्। वारोकले पहिलो सेट ४-१ को अन्तरले हात पारे। दोस्रो सेटमा कमब्याक हुने पेक्षा कृष्णले लय समात्न  सकेनन्। दोस्रो सेट समेत वारोक ले ४(१ कै अन्तरले लिए पछि उपाधि चुमे। 

त्यसैगरी ४५ वर्षभन्दा माथि भेटेरान्स तर्फको फाइनल खेलमा पन्च पुन ले खुम थापालाई हराए। त्यसैगरी ५५ माथितर्फ नमरज गुरुङले मोती घलेलाई हराए। 

त्यसैगरी ओपन डबल्सतर्फ प्रशान्त गुरुङ र भासको जोडीले काजिमान गुरुङ र प्रतीक गुरुङको जोडीलाई हरायो। भेटेरान्स डबल्सतर्फ भने मोती सेरपुन्जा र मोहन गुरुङको जोडीले पेन्डुलाल राई र हेमन्त थापाको जोडीलाई हरायो। 

प्रतियोगितामा ३ दर्जनभन्दा बढी  नेपाली टेनिस खेलाडीको सहभागिता  थियो। प्रतियोगिताको प्रमुख प्रायोजक मेजर सरोज राई परिवारले गरेको थियो।

प्रतियोगिताको विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङ र लेक्सडेन क्लबका प्रतिनिधिले संयुक्त रूपमा  ट्रफी प्रदान गरे भने पुरस्कार वितरण समारोह क्लबका सचिव  क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

सन् २०१७ मा आधिकारिक रूपमा स्थापना भएको क्लबले विन्टर, स्प्रिङ, समर र औटम गरी वर्षमा ४ वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरेको छ। औटम प्रतियोगिता आगामी अक्टोबरमा अल्डरसटको आर्मी टेनिस सेन्टरमा आयोजना गरिने क्लबले जनाएको छ।

क्लबले आगामी डिसेम्बरमा नेपाल-भारत टेनिस टुर गरी मैन्त्रीपूर्ण टेनिस प्रतियोगिता गर्न खेलाडी छनोट गरिसकेको पनि  जानकारी गराएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .