गोर्खा नेप्लिज टेनिसमा कृष्णको ‘ब्याक टु ब्याक’, समर टुर्नामेन्टको उपाधि पनि उनैलाई

गोर्खा नेप्लिज टेनिसमा कृष्णको ‘ब्याक टु ब्याक’, समर टुर्नामेन्टको उपाधि पनि उनैलाई

प्रमुख उपाधि कृष्ण थापा मगर


मगेन्द्र राई
साउन ६, २०८१ आइतबार ७:५५, बेलायत

गोर्खा नेप्लिज टेनिस क्लब बेलायतले आयोजना गरेको एकदिवसीय ‘डाफे समर टेनिस टुर्नामेन्ट’को प्रमुख उपाधि कृष्ण थापा मगरले जितेका छन्। उनको यो ‘ब्याक टु ब्याक’ उपाधि हो। उनले दुई महिनाअगाडि मात्र ‘स्प्रिङ टेनिस टुर्नामेन्ट’को शीर्ष उपाधि प्राप्त गरेका थिए।

शनिबार (जुलाई २० तारिख) कोल्चेस्टरस्थित लेक्सडेन हिल लन टेनिस क्लबको ग्रास कोर्टमा सम्पन्न प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स डिभिजन तर्फको फाइनल खेलमा शीर्ष वरीयताका थापाले विनोद खड्कालाई   ७–५, ६–४  को सोझो सेटमा पाखा लगाउँदै उपाधि हात पारेका हुन्। 

डिफेन्डिङ च्याम्पियन वारोक राई चोटका कारण बाहिरिएपछि प्रतियोगिताको शीर्ष वरीयताका रूपमा थापाको इन्ट्री भएको थियो। अप्रत्याशित रूपमा पहिलोपटक फाइनलमा पुगेका खड्काले थापालाई निकै टक्कर दिएका थिए।

पहिलो सेटमा ५-५ ले खेल बराबर भएपछि थापा निकै दबाबमा परेका थिए।

तर अनुभवी थापाले  खड्काको सर्भिस ब्रेक गरी अग्रता लिँदै पहिलो सेट हात पारे। दोस्रो सेटमा समेत ४-४ को बराबर अंक भए पनि अन्तत: कृष्ण थापा मगरले ब्रेक गरी ६-४ को सेट लिँदै उपाधि चुमेका हुन्। 

उपविजेता विनोद खड्का र विजेता कृष्ण थापा मगर

त्यसैगरी ओपन बीतर्फ पेन्डुलाल राई काजिमान पुनलाई हराउँदै विजेता बनेका छन्।

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा पञ्च पुनले शेनलाई हराए। त्यसैगरी ५५ माथितर्फ मोती घले विजेता बने भने नोभाइसतर्फ हेमन्त थापा विजयी भए। त्यसैगरी मिन्स डबल्सतर्फ मोहन गुरुङ र आलेक्सको जोडीले सरोज राई र नेल पुनको जोडीलाई हरायो। 

यस्तै लेडिज सिङ्गल्सतर्फ क्याथरिन लामाले कल्पना राईलाई हराइन्। 

प्रतियोगितामा ४८ जना नेपाली टेनिस खेलाडी सहभागी भएका थिए। प्रतियोगिता मेजर सरोज राईकी स्वर्गीय दिदीको सम्झनामा आयोजना गर्ने गरिएको हो। प्रतियोगिताको प्रमुख प्रायोजक मेजर राई र उनका परिवार हुन्। 

प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई मेजर राईका आमा र क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले संयुक्त रूपमा  ट्रफी प्रदान गरेका थिए भने पुरस्कार वितरण समारोह क्लबका सचिव  क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। 

सन् २०१७ मा आधिकारिक रूपमा स्थापना भएको क्लबले विन्टर, स्प्रिङ, समर र औटम गरी वर्षमा ४ वटा ठूला प्रतियोगिता सञ्चालन गर्ने गरेको छ। औटम प्रतियोगिता आगामी अक्टोबरमा अल्डरसटको आर्मी टेनिस सेन्टरमा आयोजना गरिने क्लबले जानकारी दिएको छ।

क्लबले निकट भविष्यमा युरोप  टेनिस टुर गर्ने जनाएको छ। क्लबले गत डिसेम्बरमा नेपाल-भारत टेनिस टुर गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .