फोटोफिचर


निर्वाचन आयोग जलमग्न, नेताका जुत्ता हातमा (फोटोफिचर)


सरोज बैजु
असोज ३, २०७९ सोमबार १६:१८, काठमाडौँ

सोमबार अपरान्ह परेको पानीले निर्वाचन आयोग जलमग्न भएको छ।

आज राजनीतिक दलहरुले समानुपातिक निर्वाचन तर्फको बन्दसूची पेश गर्ने दिन। आयोग कार्यालयमा विहान १० बजेदेखि नै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु आयोग परिसरमा जम्मा भएका छन्। कतिपय दलका प्रतिनिधिहरु जाने क्रममा छन्। 

राजनीतिक दलहरुले आयोग परिसरमै बसेर पनि नमिलेका कागजपत्र मिलाउने र आयोगमा नामावली दर्ता गर्ने प्रक्रिया जारी छ।

तर, यही बेला परेको पानीले आयोग परिसर जलमग्न हुँदा बन्द सूची पेश गर्न गएका राजनीतिक दलका कार्यकर्ता तथा आयोगका कर्मचारीलाई प्रभावित बनाएको छ। 

काम विशेषले आयोगमा जानेहरुले हातमा जुत्ता बोकेर कार्यालयमा छिरेको दृश्य देख्न पाइन्छ।

आज केहीबेर परेको वर्षाले आयोग परिसर मात्र नभइ काठमाडौंका कैयौँ स्थान जलमग्न भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .