ad ad

फोटोफिचर


गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुग्दा... (तस्बिरहरु)


सरोज बैजु
पुस १३, २०७९ बुधबार १७:४९, काठमाडौँ

गृहमन्त्री रवि लामिछाने बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अनुगमनमा पुगेका छन्। उनको अनुमगनमा क्रममा प्रहरीले केही विचौलियालाई पक्राउ गरे छ।

राहदानी बनाउन सेवाग्राहीले घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता रहेका बेला लामिछानेले अनुगमन गरेका हुन्। 

राहदानी र सवारी चालक अनुमतिपत्र लिन कयौँ सास्ती भोग्दै लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो अहिले पनि छ।

सोमबार पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारले जनताका आधारभूत काम गर्ने बताएको थियो।

मन्त्रिपरिषदको पहिलो बैठकपछि प्रधानमन्त्री प्रचण्डले यातायात कार्यालय र राहादानी कार्यालय लगायतमा लाइन बस्ने अवस्था हटाउने बताएका थिए। 

विकासका काम र सुशासनमा प्रभावकारी बनाइने पनि उनको भनाइ थियो। प्रधानमन्त्रीको उक्त वाचाअनुसार लामिछानेले राहदानी विभागको अनुगमन गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .