फोटोफिचर


यातायात मजदुरको आन्दोलनले बालाजु क्षेत्र तनावग्रस्त (तस्बिर)


सरोज बैजु
फागुन १, २०७९ सोमबार १९:४८, काठमाडौँ

कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित यातायात मजदुरहरुको आन्दोलनका कारण काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त भएको छ।

आन्दोलनकारीले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका छन् भने नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्ध गरेका छन्। 

बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ।यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजामसमेत गरेका छन् । 

पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरुले सडक अवरुद्ध गरेको सवारीसाधनका चालकहरुले बताए । 

यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ। मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन्।

यातायात अवरुद्ध हुँदा सो रुट भएर गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन्। प्रहरीले यातायात सुचारु गर्न प्रयास गरिहरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .