काठमाडौं महानगरपालिकाले आइतबार सिंहदरबारभित्रको फोहोर उठाएको छैन। महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा फोहोर नउठाइएको हो।
मेयर शाहले शनिबार एक स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए। लगत्तै, आइतबार फोहोर नउठाउनका लागि निर्देशन समेत दिएका थिए।
काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकारका अनुसार भोलिबाट सिंहदरबारमा फोहोर उठ्नेछ।
‘मेयरसाबको निर्देशनपछि आज सिंहदरबारको फोहो उठाइएको छैन। भोलिबाट उठ्छ।’ तण्डुकारले नेपालखबरसँग भने।
उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै उनले सो घोषणा गरेको बताएका थिए।
39
Shares
प्रतिक्रिया