फोटोफिचर


वसन्तपुरमा यसरी मनाइयो योमरी पुन्ही (तस्बिरहरू)


सरोज बैजु
पुस १०, २०८० मंगलबार १३:५२, काठमाडौँ

मंगलबार नेवार समुदायले योमरी पुन्ही मनाएका छन्। यसैका अवसरमा काठमाडौँको वसन्तपुरमा विशेष कार्यक्रमबीच पर्व मनाइएको छ।

योमरि पुन्ही नेपाल सम्वतको दोस्रो महिना अर्थात् धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो।

यो पर्व विशेषत: नेवार समुदायले मनाउने गर्दछन्। नेवार समुदायमा यो दिन विशेष प्रकारको परिकार ‘योमरी’ बनाएर खाने चलन छ।

चामलको पिठोमा तिल, चाकु र खुवा राखेर विशेष प्रकारले पकाई योमरी बनाइन्छ। यो पर्वलाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ।

नेपाल भाषमा ‘यो’ भन्नाले मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ। यसरी सबैलाई मनपर्ने भएकोले यसलाई योमरी भनिएको हो।

योमरीलाई भकारी लगायत अन्नका भन्डारमा चढाउँदा धनसम्पत्ति र अन्न लाभ हुने जनविश्वास छ। यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँडेर खाने चलन छ।

यस दिन वा यसको भोलिपल्ट विवाह भइसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ। त्यसैले यो पर्वले नेवार समुदायमा महत्व राख्ने गर्दछ।

यो मरि पुन्हीका दिनदेखि दिन लामो हुँदै जाने जनविश्वास पनि छ।

मंगलबार काठमाडौँसहित ललितपुर र भक्तपुर तथा नेवार समुदायको बसोबास भएका सबै क्षेत्रमा योमरी पुन्ही मनाइएको छ।

काठमाडौँ उपत्यकामा यस दिनलाई ज्यापु दिवस भनेर पनि मनाउने गरिन्छ।

हेर्नुस् काठमाडौँको वसन्तपुर क्षेत्रमा योमरी पुन्हीका केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .