कारोबार


निसानको नयाँ एक्स-ट्रेल नेपालमा सार्वजनिक, कति छ मूल्य?

निसानको नयाँ एक्स-ट्रेल नेपालमा सार्वजनिक, कति छ मूल्य?

नेपालखबर
पुस ६, २०८० शुक्रबार १७:५२, काठमाडौँ

दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा नयाँ, चौँथो जेनेरेसनको एक्स-ट्रेल सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सन् २००१ मा एक्स-ट्रेल को उदय पछि, विश्वभर ७ मिलियन भन्दा बढी एक्स-ट्रेल गाडीहरू बिक्री भएका छन्, जसले यसलाई विश्वको एक अधिक लोकप्रिय परिवार-लक्षित एडभेन्चर सवारी साधनहरू मध्ये एक बनाएको छ।

नेपाली रुपैयाँ १ करोड ८७ लाखको प्रारम्भिक मूल्यमा सुरु भएको निसान एक्स-ट्रेलले नवीनतम मोबिलिटि सोलुसनहरू प्रस्तुत गर्ने ब्रान्डको प्रतिबद्धतालाई मूर्त रूप दिन्छ। साथै, यसले ग्राहकहरूलाई आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, परिष्कृत सुरक्षाको साथ यो श्रेणीमै उच्चस्तरको सुविधा प्रदान गर्दछ।

नेपालमा निसानको आधिकारिक वितरक, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, ‘नेपालमा नयाँ एक्स-ट्रेल ई-पावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौँ। एक्स-ट्रेल ई-पावर ठूलो, आरामदायी, र बहुपयोगी एसयूभी चाहने ग्राहकहरूका लागि उत्कृष्ट छनोट हुनुको साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो। एक्स-ट्रेल ई-पावर नविनतम मोबिलिटि सोलुसनहरूमार्फत मानिसहरूको जीवनलाई सहज बनाउने निसानको दृष्टिकोणको प्रमाण हो।’
 
सीबीयू र दक्षिण एसिया व्यापार निर्यात प्रमुख रघुनाथ नैरले भने, ‘निसानको ई-पावर टेक्नोलोजीलाई हाम्रा ग्राहकहरूले विश्वव्यापी रूपमा अविश्वसनीय रूपमा स्वागत गरेका छन्, र हामी नेपालमा यो प्रभावकारी, ईभी-जस्तो ड्राइभ अनुभव प्रदान गर्न सक्षम हुन पाउँदा उत्साहित छौँ। हामीले सँधै महसुस गरेका छौँ कि ई-पावरको प्रयोग गरेपछिमात्रै यसको क्षमता र विशेषतालाई बुझ्न सकिन्छ। दक्षिण एसियाको एक महत्वपूर्ण क्षेत्र, नेपालमा नयाँ एक्सट्रेल ई४०आरसीई को सुरुवात सँगै, हामी हाम्रा नेपालका ग्राहकहरूलाई त्यो अनुभव दिन पाउँदा खुसी छौँ।’

यस नयाँ संस्करणको लागि, निसानले एक्स-ट्रेल को अघिल्लो तीन जेनेरेसनहरूमा झैँ बलियो संरचना, सहज प्रविधिसहितको एसयूभी डिजाइन, लचिलो उपयोगिता, र अल-ह्विल-ड्राइभ क्षमतासहितको पावरट्रेनलगायत सुँविधा रहेको छ।

परिवार वा साथीहरूसँगको लागि एक सुविधाजनक विकल्प प्रदान गर्दै नयाँ एक्स-ट्रेल सात-सिटर कन्फिगरेसनमा उपलब्ध छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .